प्रदेश ४ को सरकारले थाल्यो अनुगमन ः सरकारी कार्यलयको काम सेवाग्राहीमैत्री बनाउन निर्देशन
तपाईको प्रतिक्रिया





पोखरा,२२ फागुन । प्रदेश नम्वर ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले मंगलवारबाट दैनिक जनसरोकारका सकारी कार्यलयहरुको अनुगमन थालेका छन्। संघियता कार्यान्वयनपछि सरकारी कार्यालय र कर्मचारीमा देखिएको अन्योलता हटाउन जनताको सुशासन प्रतिको चाहना पुरागर्न प्रदेश सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको हो ।
मंगलबार मन्त्री चुमान यातायात ब्यबस्था बिभागको सवारी लाईसेन्स वितरण कार्यालय पुगेर अनुगमन गरि कर्मचारीलाई जनतालाई सहजरुपमा सेवा प्रदान गर्न निर्देशन दिए। उनले मुलुक संघियता कार्यान्वयनको चरणमा भएको बताउदै कुनै अलमल र दुविधामा नपरी जनताको अपेक्षा अनुरुपको सेवा तथा सुविधाको अनुभूती हुनेगरी कार्य गर्न निर्देशन दिए।
केन्द्रीकृत शासन प्रणाली अन्तर्रगत सञ्चालन भएको सेवा प्रबाहलाई प्रदेश सरकारको मातहतमा ल्याउने क्रम सुरु भएकाले भन्दै मन्त्री चुमानले निर्धक्क भएर काम गर्न कमचारीलाई निर्देशन दिएका हुन ।
प्रदेश सरकारले बिषेशगरी राजस्व संकलन हुने कार्यालयहरुमा जनताले सहज रुपमा राजस्व कसरी तिर्न सक्छन भन्ने बिषयमा स्पष्ट योजना सहित कार्यान्वयनमा ल्याउन उनले कर्मचारीलाई आग्रह गरे।
प्रदेश ४ मा अहिले दैनिकजसो सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको भन्दै उनले जनयुद्धको बेला भन्दा १५ गुणा बढी सडक दुर्घटनामा ज्यान गुमाउने क्रम बढेकोमा चिन्तब्याक्तगरे।
अनुगमनका क्रममा कार्यालय प्रमुख अच्युतराज रेग्मीले कार्यालयको अबस्थाको बारेमा मन्त्री चुमानलाई जानकारी गराएका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीले बैकबाट सिधै राजस्व दाखिला गर्ने ब्यवस्था मिलाउन सकिने जानकारी दिए ।
अहिले यातायात ब्यवसायीहरुले नयाँ सवारी दर्ता गर्न माग गरिरहेको र पोखराको अबस्था हेरेर मात्र दर्ता दिने गरेको उनले बताए ।
खुल्ला प्रतिष्पर्धाका कारण नयाँ दर्ता र रुट दिनुपर्ने अवस्था रहेका कारण यातायात ब्यबस्थापन चुनौतिपूर्ण बन्दै गएको प्रमुख रेग्मीको कथन थियो।
समस्या आएको उनको भनाई थियो ।
Related