तनहुँका व्यापारीलाई धम्क्याएर १५ लाख माग्ने युवक पक्राउ
/२३ फाल्गुन २०७४, बुधबार ०४:३९ , प्रकाशीत
पोखरा । हार्डवेयर व्यवसायीलाई फोन मार्फत धम्काएर रकम माग गर्ने एक युवा पक्राउ परेका छन्। एकहप्ता देखि निरन्तर फोनमार्फत धम्काएर १५ लाख रुपैयाँ माग गर्दै आएका युवकलाई तँनहु प्रहरीले मंगलवार पक्राउ गरेको हो।
तनहुँको सदरमुकाममा हार्डवयर पसल सञ्चालन गर्दै आएका भुपाल आलेलाई रिसिङ गाउँपालिका १ झापुटारका तिलबहादुर सारुले पटक पटक टेलिफोन गरी १५ लाख रुपैयाँ माग गर्दै आएको प्रहरीले जनाएकोछ। । सारुले केही दिनदेखि दर्जनौ पटक टेलीफानमा धम्की दिदै रकम माग गरिरहेका थिए ।
भुपाल हार्डवेयरका सञ्चालक आलेको गत शुक्रवार पार्कीङ्गगरिएको स्थानमा अज्ञात समुहले कार तोडफेड गरेको थियो। पछि सारुले आफुले गाडी तोडफोड गरेको भन्दै दुई दिनभित्र १५ लाख रुपैयाँ नदिए पसल, गोदाम, घरमा बम पड्काएर ध्वस्त पारिदिने धम्की दिएपछि आलेले प्रहरीलाई जानकारी गराएका थिए ।
आलेले प्रहरीको सल्लाह बमोजिम आफुसंग एकै पटक १५ लाखरुपैया नभएको भन्दै अहिले २ लाख रुपैयाँ दिने भन्दै सारुलाई व्यास नगरपालिकाको शान्तिनगरस्थित रहेको झोलुङ्गेपुलमा बोलाएका थिए। आले पैसा लिएर भोलुङ्गे पुल पुगेर एकान्तमा पैसासहितको झोला छाडेर फर्केको केही क्षणमा सारु आएर पैसाको झोला टिपेर भौग्दै गर्दा सादा पोशाकमा खटिएको प्रहरीले उनकालाई समाएर केरकार गरेको थियो। पछि सारुले आफैले फोनमा धम्काएर पैसा मागेको स्कार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी उमेशराज जोशीले बताए ।
पक्राउ परेका सारु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी मु्द्दामा अनुसन्धान सुरु गरेको छ ।

Related