शुभेच्छा न्यूज पोखरा २३ फागुन । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा पोखराबाट तीनजना पक्राउपरेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलवार राती चेकिंङमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना सहति बुधवार दिउसोको चेकजाँचका क्रममा घुस दिन खोज्ने चालक र सहचालक गरी दुई जना पक्राउ परेका हुन् ।
मंगलवार राती १० बजे सुरक्षा जाँचका क्रममा पृथ्बीचोकमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका बा७९प १०५८ नम्बरको मोटरसाईकलमा सबार वडा नं १७ बिरौटाका २६ बर्षीय अनिल थापाले चेकिङको क्रममा प्रहरीलाई १ हजार रुपैया घुस दिई मिलाई दिनु आग्रह गर्दा पक्राउ परेका हुन् । उनलाई चेकिंङमा खटिएका प्रहरीले मोटरसाईकल सहित तत्काल पक्राउ गरेका थिए । उनीमाथि सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाइएको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
त्यस्तै बुधवार दिउसो साढे ४ बजे पोखरा लेखनाथ ३१ नहरचोक स्थित तालचोक बेगनास सडक खण्डमा सिआरभी सिसुवाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा घुस दिन खोज्ने चालक र सहचालकलाई पक्राउ गरेको छ ।
कोत्रेबाट ढुंगा लिई बेगनास तर्फ आउँदै गरेको ग १ ख ३०२४ नं को मिनी ट्रकका चालक सोलुखुम्बु वाकु गाउपालिका वडा नं ८ घर भई हाल पोखरा लेखनाथ १० अस्पतालचोक बस्ने बर्ष ५० का भक्त बहादुर मगर र मिनी ट्रकका सहचालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका वडा नं ५ घर भई हाल पोखरा लेखनाथ १४ चाउथे बस्ने २३ बर्षीय मन कुमार जोशीलाई घुस दिन खोज्दा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ट्रकको सवारी ईजाजत पत्र ९रुट परमिट ० भित्र दुई सय रुपैया राखेर मिलाई दिन आग्रह गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
शुभेच्छा न्यूज
पोखरा २३ फागुन । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा पोखराबाट तीनजना पक्राउपरेका छन्।

Related