पोखरा २३ फागुन । रतुवा मृग मारेको अभियोगमा जिल्ला वन कार्यालय कास्कीले ५ जनालाइ पक्राउ गरेकोछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ वमोजिम अभियुत्तलाई कानुनी कारवाही शुरु गरेको कार्यलयले जनाएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नंम्वर २२ पुम्दीको जंगलमा स्थानीयले मृगलाई घेरा हालेर मारेको सुराकीको आधारमा इलाका वन कार्यालय पुम्दी भुम्दीका कर्मचारीले उनीहरुलाई पक्राउ गरेका हुन्।
पक्राउपर्नेहरुमा पोखरा लेखनाथ २२ वस्ने इन्द्र भुजेल, सोही स्थान वस्ने मिलन भुजेल, मन्जु भुजेल, तुल वहादुर गुरुङ्ग र पोखरा लेखनाथ २६ वस्ने सन्तोष मगर रहका छन्। उनीहरुलाई इलाका वनकार्यलय पुम्दीभुम्दले पक्राउगरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय कास्कीमा बुझाएकोछ।
घट्नामा १० जनाको संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको ईलाका वन कार्यालय पुम्दीभुम्दीका सहायक वन अधिकृत शालिकराम पराजुलीले वताए। उनका अनुसार घट्नास्थलबाट कर्मचारीको टोलीले आलो मासु सहित मृगका हाड छाला र वंगारा समेत बरामद गरेको थियो।
घट्नमामा संलग्न अन्य आरोपितहरुको खोजी भईरहेको जिल्ला वन अधिकृत केदार वरालले वताए।pic google

Related