कास्की । प्रदेश नम्वर ४ का उद्योग पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले समग्र प्रदेशको बिकास र समृद्धी जलश्रोत तथा पर्यटनबाट मात्र सम्भव रहेको बताएकाछन्। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजनामा बुधवार पोखरामा आयोजित प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रममा सो कुरा बताएका हुन्।
मन्त्री बस्नेतले प्रदेश ४ मा जल र पर्यटनको सम्भावना बढी रहेकोले सोही अनुसार पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेशको समृद्धि र विकासमा ध्यान केन्द्रित भएको उल्लेख गर्दै उनले कसैले गलत कार्य गरेको सूचना पाए तत्काल कारबाही गर्ने बताए। ‘हाम्रो ध्यान प्रदेशको बिकास,समृद्धी र सुशासनमा केन्द्रीत भएकोछ’ उनले भने। ‘यदी कोही कसैले कुनैपनि गलत नियत राखेर गलत कार्य गर्छ भने सरकारले तत्कालै कारवाही गर्छ।’
खेलकुद नीतिहरुमा भएको अस्पष्टता हटाउन प्रदेश सरकारले बनाउने नीति, नियम र कानूनमा सुधार गर्ने बताउदै सरोकारवाला सवै संग राय,सल्लाह मागेर कार्य अगाडी बढाउने मन्त्री बस्नेतले आशअश्वासन दिए। ‘हामी कम बोल्छौ, समृद्ध प्रदेश बनाउन हामीले आन्तरिक गृहकार्य थालिसकेका छौं,सल्लाह सुझाव दिनोस् सरकार समेट्न तयारछ’ उनले भने। ‘बिकास र समृद्धीको हिसावले नम्बर एक प्रदेश बनाएर व्यवहारमा देखाउछौं।’
भौतिक बिकास जलश्रोत र पर्यटनबाटै समृद्धीको सपना साकार पर्ने सरकाले विभिन्न योजनाहरु अगाडी बढाएको बताउदै पाँच बर्ष भित्र समृद्धीको जग बसाल्न योजनाकासाथ सरकारले सोचाइ बनाएको मन्त्री बस्नेतले बताए।
उनले प्रदेश ४ मा जलको सम्भावना बढी रहेको हुँदा सोही अनुरुप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेशको समृद्धि र विकासमा ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले कसैले गलत गरेको सूचना पाए तत्काल कारबाही गर्नेबारे बस्नेतले सचेत गराए ।
सांसद राजीव पहारीले राज्यको तुलनामा निजी क्षेत्रले खेलकुदको पूर्वाधार निर्माणमा सहयोग गरेको उल्लेख गर्दै सार्वजनिक निजी साझेदारीलाई अवलम्बन गर्दै अघि बढ्ने बताए । उनले विश्वकै पाँचौ उत्कृष्ट प्याराग्लाइडिङ पोखरा क्षेत्रमा रहेको बताए। त्यसैगरी १३ औं सुन्दर फेवाताल पोखरामा रहेको दाबीगर्दै यस प्रदेश अपार सम्भावनाको खानी रहेको बताए। ‘बिश्वकै सर्वोकृष्ट प्राकृतिक सम्पदा यही प्रदेशमा छन्,यिनीहरुको सहि उपयोग गर्दै बिकास र समृद्धीको खाका कोर्छौ’उनले भने। ‘कुराभन्दा परिणाममुखी कामगछौं,संघसंस्था दर्ता प्रक्रिया झन्झटमुक्त बनाउने तर्पm ध्यान केन्द्रत गर्छौ।’
सांसद इन्द्रधारा बिष्टले उत्तर र दक्षिण दुवैतर्फबाट हेर्दा पनि हिमाल देख्न सकिने प्रदेश ४ रहेको उल्लेख गर्दै पर्यटन पूर्वाधारको विकासले मात्र प्रदेशको समृद्धी हासिल हुने बताए।
सांसद मोहनप्रसाद रेग्मीले खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तक्र्रियाले भावी कार्ययोजना निर्माणमा सहयोग पुगेको भन्दै आयोजकलाई धन्यवाद दिए । ग्रामीण तथा आधारभूत तहमै खेलकुदलाई जोड दिनुपर्ने भन्दै यहाँ राष्ट्रिय गौरवको खेललाई व्यवस्थित गर्नुपर्ने बताए ।

Related