पोखरा । पोखरा लेखनाग महानगरसंग जोडिएको तँनहुको शुक्लागण्डकी नगरपालिकामा सवारी दुर्घटनामा परी एक जनाएको ज्यानगएकोछ। नगरपालीकाको हलेदी भन्ने स्थानमा बुधवार ट्याक्टर र मोटरसाईकल आपसमा ठक्कर खादाँ १ जनाको मृत्यु भएको छ । दुर्घटनामा शुक्लागण्डकी–६ का २२ वर्षिय मुकेश पौडेलको मृत्यु भएको हो ।
कोत्रेबाट दुलेगौडातर्फ जाँदै गरेको ग १ त १०३६ नंम्वरको ट्याक्टर र दुलेगौडाबाट हलेदीतर्फ आउदै गरेको ग १२ प ८२३९ नंम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले जानकारी दिएकोछ।
दुर्घटनापछि घाइते पौडेललाई तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मेट्रोसिटी हस्पिटल, ल्याइएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका पौडेलको उपचारको क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

Related