• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

छाडाचौपाया नियन्त्रण गर्न महानगरपालिकाले पशु (गाई) मा ट्यागीङ् प्रविधि शुरु

  •      /२५ फाल्गुन २०७४, शुक्रबार १३:४३ ,  प्रकाशीत
  • कास्की । पोखरा लेखनाथ महानगरपालिकाले बजार क्षेत्रमा बढ्दो छाडाचौपाया नियन्त्रण र पशुपालकको पहिचाहनको लागि पशु (गाई) मा ट्यागीङ् सिष्टम शुरु गरेकोछ। ट्यागिङ कार्यक्रम पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को ‘बराल गाई फार्म’वाट सुरूवात गरेको छ ।
    महानगरपालिका भित्र संचालित व्यावसायीक पशुफार्म तथा घरमा पालिएका पशुहरुको प्रजन्न् क्षेमता हराएपछि गाई तथा साँडेहरु सडकमा लगेर छाड्ने क्रम बढेपछि त्यस्ता फार्म र ब्याक्तिको पहिचाहनको लागि महानगरपालिकाले ट्यागीङ् सिष्टम शुरु गरेकोहो।
    शुक्रवार महानगरपालिकाका प्रमुख श्री मान बहादुर जि.सीले गाईमा ट्याग लगाएर ट्यागिङ कार्यक्रमको सुरूवात गरेका छन् । ट्यागिङ कार्यक्रम सुरू गरेपछि प्रमुख जि.सीले पोखरामा छाडा चौपाया व्यवस्थापन, पशु अभिलेखीकरण अभियान अन्तर्गत यो कार्य्रकम सुरूवात गरेको बताए। ‘यस अभियानले महानगर क्षेत्रका सडकमा छाडाचौपाया नियन्त्रणमा सघाउने छ’उनले भने। ‘अभियान महानगरका अन्य क्षेत्रहरुमा विस्तार हुन्छ।’
    महानगरभित्रका पशु अभिलेखीकरण गर्ने यस अभियानको पाईलटिङ कार्यक्रम वडा नं १७ वाट गाई फार्मदेखि घरसम्म पुगेर तथ्याङक संकलन गर्न लागिएको प्रमुख जिसीले बताए। ‘महानगरले अब पशु बिक्रि गर्दा समेत पशु नामसारी गर्ने व्यवस्था गर्न लागेकोछ’उनलेभ भने।
    महानगरपालिकाले दिर्घकालिन रुपमा छाडा पशुको नियन्त्रण गर्न, पशुधनको स्वामित्व लिन तथा ट्राफिक व्यवस्थापन र दुर्घट्ना न्यूनिकरण गर्न ट्यागिङ कार्यक्रम प्रभावकारी हुने विश्वास लिईएको छ।
    महानगरपालिकाका पशुसेवा शाखाका प्रमुख एंव वरिष्ठ पशु चिकित्सक ठगेन्द्र प्रसाद अर्यालले सडकमा जाथाभावि छोडिएका पशु अधिकारबाट पुर्ण रुपमा बञ्चित हुनुपरेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.