• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री गुरुङलेपाए दुई तिहाई मत

  •      /२५ फाल्गुन २०७४, शुक्रबार १०:४१ ,  प्रकाशीत
  • पोखरा, फागुन २५। प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई तिहाई मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले सांसदहरुसंग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेका थिए। त्यसपछि भएको निर्वाचनमा उनको पक्षमा ४१ मत विपक्षमा १७ मत परेको थियो।
    उपस्थित ५८ जना सांसदमध्ये गुरुङले ४१ मत पाएका थिए । स्वतन्त्र सांसद दीपक मनाङे निलम्बनको अवस्थामा रहेका कारण उपस्थित भएन् भने सभामुख नेत्रनाथ अधिकारीले मत दिएनन् ।उनीहरु दुई जनामध्य मनाङे वामगठबन्धको समर्थनमा स्वतन्त्रबाट र सभामुख नेत्र अधिकारी एमाओदीको तर्फबाट निर्वाचित भएका थिए।
    गुरुङको पक्षमा एमालेका २७, माओवादी केन्द्रका ११ र राष्ट्रिय जनमोर्चाका २ सांसदले मत दिएका थिए ।कांग्रेसका १५ र नयाँ शक्तिका दुई जना सांसदले भने विपक्षमा मतदान गरे।
    एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्य मन्त्री बनेका गुरुङलाई संसद सभाबाट राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ। जनमोर्चा यस अघि पूर्ण प्रतिपक्षमा थियो।
    संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राखेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटा दलका एकरएक जनाले आ–आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.