छाडाचौपाया नियन्त्रण गर्न महानगरपालिकाले पशु (गाई) मा ट्यागीङ् प्रविधि शुरु
तपाईको प्रतिक्रिया





कास्की । पोखरा लेखनाथ महानगरपालिकाले बजार क्षेत्रमा बढ्दो छाडाचौपाया नियन्त्रण र पशुपालकको पहिचाहनको लागि पशु (गाई) मा ट्यागीङ् सिष्टम शुरु गरेकोछ। ट्यागिङ कार्यक्रम पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को ‘बराल गाई फार्म’वाट सुरूवात गरेको छ ।
महानगरपालिका भित्र संचालित व्यावसायीक पशुफार्म तथा घरमा पालिएका पशुहरुको प्रजन्न् क्षेमता हराएपछि गाई तथा साँडेहरु सडकमा लगेर छाड्ने क्रम बढेपछि त्यस्ता फार्म र ब्याक्तिको पहिचाहनको लागि महानगरपालिकाले ट्यागीङ् सिष्टम शुरु गरेकोहो।
शुक्रवार महानगरपालिकाका प्रमुख श्री मान बहादुर जि.सीले गाईमा ट्याग लगाएर ट्यागिङ कार्यक्रमको सुरूवात गरेका छन् । ट्यागिङ कार्यक्रम सुरू गरेपछि प्रमुख जि.सीले पोखरामा छाडा चौपाया व्यवस्थापन, पशु अभिलेखीकरण अभियान अन्तर्गत यो कार्य्रकम सुरूवात गरेको बताए। ‘यस अभियानले महानगर क्षेत्रका सडकमा छाडाचौपाया नियन्त्रणमा सघाउने छ’उनले भने। ‘अभियान महानगरका अन्य क्षेत्रहरुमा विस्तार हुन्छ।’
महानगरभित्रका पशु अभिलेखीकरण गर्ने यस अभियानको पाईलटिङ कार्यक्रम वडा नं १७ वाट गाई फार्मदेखि घरसम्म पुगेर तथ्याङक संकलन गर्न लागिएको प्रमुख जिसीले बताए। ‘महानगरले अब पशु बिक्रि गर्दा समेत पशु नामसारी गर्ने व्यवस्था गर्न लागेकोछ’उनलेभ भने।
महानगरपालिकाले दिर्घकालिन रुपमा छाडा पशुको नियन्त्रण गर्न, पशुधनको स्वामित्व लिन तथा ट्राफिक व्यवस्थापन र दुर्घट्ना न्यूनिकरण गर्न ट्यागिङ कार्यक्रम प्रभावकारी हुने विश्वास लिईएको छ।
महानगरपालिकाका पशुसेवा शाखाका प्रमुख एंव वरिष्ठ पशु चिकित्सक ठगेन्द्र प्रसाद अर्यालले सडकमा जाथाभावि छोडिएका पशु अधिकारबाट पुर्ण रुपमा बञ्चित हुनुपरेको बताए।
Related