पोखरा २५, फागुन । पोखराको सभागृहमा शुक्रवारदेखि पश्चिमाञ्चल क्षेत्रीय पुष्प प्रर्दशनी एवं व्यापार मेला सुरु भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको आयोजनामा सो मेला सुरु भएको हो ।
मेलामा यस क्षेत्रका ३० वटा व्यवसायिक नर्सरीका स्टलहरु राखिएकाछन्। आउँदो फागुन २९ गतेसम्म मेला संञ्चालन हुने आयोजक समितिका संयोजक एवं फ्यान कास्कीका अध्यक्ष दयाकुमार द्धाले जानकारी दिएका छन् ।
मेलाको उद्घाटन गर्दै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखवहादुर थापाले पोखरा सहरलाई फूलको सहरका रुपमा विकास गरिने वताए । उनले खेती योग्य जमिनको वर्गीकरण गरेर चक्लावन्दी गरिने समेत वताएका छन् । कृषि क्षेत्रलाई जोन र सुपरजोन क्षेत्रमा विभाजन नगरेसम्म आर्थिक क्रान्ति संम्भव नरहेको उनको भनाई छ । प्रदेशलाई आवस्यक पर्ने नियम कानून तयार पारेर यो कामको थालनी गर्ने उनको भनाई छ ।‘व्यक्तिगत तथा सरकारी जमिनलाई लिजमा दिने र लिने परिपाटीको विकास नगरेसम्म कृषि क्षेत्रको उन्नति हुनसक्दैन’ उनले भने। ‘प्रदेश सरकारले अब,छिटै थालनी गर्नेछ।’ फ्यानका केन्द्रीय अध्यक्ष कुमारकसजु श्रेष्ठले फूल खेती भएका देशमा द्धन्द्ध कम हुँदै गएको वताउँदै फूल शान्तिको प्रतिक भएको वताए । सरकारले फूल खेतीमा ऐथेष्ट लगानी वढाउनु पर्ने उनको भनाई छ । उनले नेपालमा हाल ५ अर्वको फूलको कारोवार हुने गरेको सुनाए । नेपालको १ सय ५० हेक्टर जमिनमा फूल खेती गरिएको उनको भनाई छ ।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रतिस्पर्धिलाई पुरस्कार वितरण गरिएको थियो । जसमा वेष्ट नर्सरी तर्फ गौतम नर्सरी, वेष्ट फ्लावर तर्फ सिजनल मनकामना नर्सरी, वेष्ट अर्नामेन्टल तर्फ पोखरा दूवो सप्लायर्स, वेष्ट ल्याण्डस्केप तर्फ पनि पोखरा दूवो सप्लायर्स र वेष्ट स्टलमा गुरुङ मनकामना नर्सरीलाई पुरस्कृत गरिएको थियो ।
शुभेच्छा न्यूज

Related