बन्दको अफवाह फैलाउने गुरुङ पक्राउ,बन्दहड्तालको कुनै प्रभाव छैन,निर्वाध सवारी सञ्चालन
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
फाल्गुन २५ पोखरा । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङले सोसल मिडियामा बन्द भन्दै तस्तीर पोष्ट गरेपछि बन्दको हल्लाले सर्वसाधरण अन्योलमा परेका छन् । गुरुङ समुहले आज र भोली बन्द भन्दै अपवाह फैलाए पछि आज बन्द हो कि होइन भनि आम सर्वसाधरण अन्योलमा परेका हुन् । उक्त समुहले ४ बुदे माग राख्दै बन्दको पर्चा बाँडेको थियो ।
फागुन २५ र २६ गते हुने बन्दको अवज्ञा गर्नेले बेलुका आफै सोच्नुहोला भन्दै कार्वाही गर्ने धम्की पनि पर्चामा उल्लेख गरिएको थियो । यता जिल्ला प्रहरी कार्यालय कास्कीले कुनै किसिमको बन्द नभएको र हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
कुनै किसिमको धम्कीबाट त्रसित नभई निर्धक्क भई सवारी सञ्चालन गर्न र आ–आफ्ना नियमित कार्यमा लाग्न सम्पुर्ण सर्वसाधरणलाई प्रहरीले आग्रह गरेको छ । यतिबेला पोखराका सडकमा सधै जस्तो सवारी हरु सञ्चालन भईरहेको छ ।सार्वजनिक सवारी पनि स्वतन्त्र रुपले चलेको छन। विभिन्न समितीहरुले लामो छाटो सवै दुरीका सवारी निर्वाध चलेको जनाएका छन। पोखराबाट देशका विभिन्न भगकालागि सधै जस्तै निर्वाध सवारी छुटेकाछन। त्यसैगरी यस क्षेत्रमा निजी तथा सर्वजनीक स्कुल,ब्यवसाय , कलकारखाना,उद्योग सञ्चालनमा आएका छन।्
सोसल मिडिया मार्फत प्रचार गर्ने पूर्व जनमुक्ति लडाकू समूहका रञ्जित गुरुङ पक्राउ परेका छन् ।उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले हिजो न्यूरोडबाट पक्राउ गरेको छ ।सर्वसाधारणलाई सोसल मिडिया मार्फत डरघम्की देखाएको आरोपमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएकोछ.
phile pic
Related