• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बैंकिङ क्षेत्रमा पनि सिण्डिकेट,बैंकर्स संघले एनआईसी एशियासँगको अन्तर बैंक कारोबार बन्द ग¥यो

  •      /२६ फाल्गुन २०७४, शनिबार ०४:०३ ,  प्रकाशीत
  • काठमाडौं । ब्याजदर घटाउन नमानेकै आधारमा नेपाल बैंकर्स संघले एनआईसी एशियासँगको अन्तर बैंक कारोबार बन्द गरेको छ । बैंकर्स संघले संबिधान र खुलाबजार अर्थतन्त्रको अवधारणाबिपरित आफ्नो एकाधिकार लाददै एनआइसी एशियासँग अन्तर बैंक कारोवार बन्द गराएको हो ।

    संघको निर्णयसँगै शुक्रवारबाटै संघसँग आवद्ध २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन । आफ्नो सिण्डिकेटलाई संघले बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको दावी गरेको छ । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो ।

    गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । एनआईसी एशिया बैंकले भने बिहीवार बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो । त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गर्न बैठक बोलाई संबिधानबिपरितको निर्णय लिएको हो ।

    एनआइसी एशियाले बैंकलाई अन्य बैंकबाट सम्बन्धविच्छेद गराउने संघको निर्णय अत्यन्त आपत्तिजन र गलत भएको बताएको छ । ‘व्याजदर भनेको बजारको माग र आपुर्तिको आधारमा निर्धारण हुन्छ, खुला अर्थतन्त्रको नीति ले पनि यही भन्छ,’ सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुधिर पाण्डेले भने । पाण्डेले व्याजदर तोक्ने निर्णय संघको नभएको र आवश्यक भएमा राष्ट्र बैंकले नै नियमन गर्ने बताए । ‘यो राष्ट्र बैंकले नियमन गर्ने विषय हो, यसले खराब अवस्था ल्याउने थियो भने उहाहरुले नै कडाई गर्ने अवस्था हुन्थ्यो,’ पाण्डेले भने ।

    बैंकर्स संघले भने रिस्क ल्याउने काम एनआइसी एशियाले गरेकोलेकारोवार बन्द गर्नुपरेको जिकिर गरेको छ । ‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको तर्क छ । तर सहायक सिइओ पाण्डेले उनको भनाईको कडा प्रतिवाद गरे । ‘हामीले ब्याजदर घटाएर बढाएका होइनौ, ब्याजदर के–कति तोक्ने र ग्राहकलाई कति प्रतिफल दिने भन्ने हाम्रो कुरा हो, यसमा बैंकर्स एसोसियसनले कुनै कडाई गर्न पाउँदैन,’ पाण्डेले भने ।

    नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु पनि संघको निर्णय आपत्तिजनक रहेको बताउँछन । तर गभर्नर डा. चिरञ्जिीवी नेपालले यस बिषयमा मुख खोलेका छैनन । ‘नेपाल राष्ट्र बैंकको नियमअनुसार पनि यस्तो निर्णय लिन पाइदैन, तर नेतृत्वले यति गम्भीर बिषयमा पनि केही नगरेर केन्द्रीइ बैंकको शाख नै समाप्त पार्ने भए,’ राष्ट्र बैंकका ती अधिकारीले भने । बैकर्स संघले बैंकिङ क्षेत्रमा एकाधिकार कायम गरी जनताको ढाड सेक्न यस्तो निर्णय लिएको उनले बताए । ‘प्रतिस्पर्धा गर्न नसकेर कारोवार बन्द गरी आफ्नो एकाधिकार लादने र निक्षेपकर्तालाई कम ब्याज दिने, ऋणमा बढी ब्याज लगाउने उदेश्य देखिएको छ,’ राष्ट्र बैंकका अर्का बरिष्ठ अधिकारीले भने ।

    सौर्य समाचार

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.