• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्सद्धारा पोखरामा एक सय जनालाई रथारोहण सहित अभिनन्दन

  •      /२६ फाल्गुन २०७४, शनिबार १३:३८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा २६ फागुन । लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका करिब १०० जना व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिएको छ। लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालको आयोजनामा सम्मानित व्यक्तित्वलाई पोखराको सभागृहचोकबाट रथारोहण गराई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै प्रर्दशनी केन्द्र नयाँ बजारमा पु¥याएर नागरिक अभिनन्दन गरिएको थियो ।

    विशिष्ट व्यक्तिलाई उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ), प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लायन्सका विभिन्न व्यक्तित्वहरुले अभिनन्दन गरेका थिए ।

    ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने एक सय जना व्यक्तिहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच एक सय जनालाई सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा हरिवंश आचार्य, मदकृष्ण श्रेष्ठ, सत्यमोहन जोशी, सिताराम भटटेल र कुञ्जना घिमिरे, राजेश हमाल, शम्भुजीत बास्कोटा, बमबहादुर काकी, विकल शेरचना, अमृत गुरुङ, आनी छोइङ डोल्मा, भुवन चन्द, चेतन कार्की, दिपक विष्ट, ध्रुवचन्द्र गौतम, खड्ग गबुर्जा, रवि लामिछाने, पुष्करलाल श्रेष्ठ, नारायण रायमाझी, प्रेमध्वज प्रधान, रामआशिष यादव, गोविन्द टण्न्डन, डा. जगमान गुरुङ, डा.मोदनाथ प्रक्षित, प्रदिप नेपाल, महाविर पुन, शान्ता चौधरी, शान्ति नारायण श्रेष्ठ, श्री जंग शाह, सिद्धिलाल श्रेष्ठ, सुवर्ण बैद्यलाई रथारोहण सहित सम्मान गरिएको हो ।

    त्यस्तै प्रेमराजा महत, राजेन्दराज पन्त, रामचन्द्र तिमोथी, रायन श्रेष्ठ, श्याम तमोट, माधवप्रसाद घिमिरे, पदमबहादुर गुरुङ, लक्की क्षेत्री, लिली थापा, लेखबहादुर क्षेत्री, लक्ष्मीदास मानन्धर, तलितबहादुर बस्नेत, कुन्ती मोक्तान, कृष्णप्रसाद भण्डारी, केदारमक्त माथेमा, आचार्य बालकृष्ण, अनुराधा कोइराला, बैकुण्ठ मानन्धर, बसन्तकेशव पराजुली, भिक्षुमैत्री महास्थवीर, भिमराज नौलखा, विजय लामा, ब्याकुल माइला, विकल शेरचन, विनाकुमारी सिलवाल, विनोद चौधरी, चन्द्र ढकाल, कोलिन स्मिथ(पुतली बाजे), दामोदर पुडासैनी, दिन दयाल अग्रवाल, डा. भगवान कोइराला, डा. विद्यालय प्रसाद पन्त, डा .ध्रवचन्द्र गौतम, डा. गोविन्द तण्डन, डा.जगदिश अग्रवाल, डा.मोदनाथ प्रश्रित, डा.शंकरमान राई, डा. तारानाथ शर्मा, दुर्गा बराल बात्स्यान, इरादेवी थैव गणेशहादुर श्रेष्ठ, तिर्थ श्रेष्ठ लगायतलाई पोखरामा सम्मान रथारोण सहित सम्मान गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.