देब्रेको ठाउँमा दाहिने घुँडाको शल्यक्रिया गर्ने २ डाक्टर एक महिना निलम्बित
तपाईको प्रतिक्रिया





काठमाडौं- नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई डाक्टरलाई कारबाही गरेको छ।
काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको फेला पारेपछि डा प्रवीण नेपाल र डा शैलज रञ्जितकारलाई एक महिना निलम्बन गरेको हो।काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्।
काउन्सिल स्रोतका अनुसार छानबिनका क्रममा दुबै डाक्टर दोषी देखिएकाले निलम्बनको निर्णय भएको हो। काउन्सिलले छानबिनका क्रममा दुबै डाक्टरलाई छलफलका लागि बोलाएको थियो। काउन्सिलले बिरामी पक्षसँग भएको सहमति, बिरामीको मेडिकल रिपोर्ट लगायतका अन्य विविध विषयमा अनुसन्धान गरेको थियो।
चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकारले परिवाससँग गल्ती स्वीकार गरिसकेका छन्।
swastakhabar
Related