• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिरामीको उपचार गर्ने अस्पतालमा पनि दलालको बिगबिगी

  •      /२६ फाल्गुन २०७४, शनिबार ०२:५८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज पोखरा, फागुन २६ ।
    बिरामी पठाएबापत दलालले किस्ता-किस्तामा कमिसन पाउने

    ‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्। प्रहरीको एउटा टोली अहिले तिनै दलालको पछि लागिरहेको छ।’
    – अरुणकुमार बिसी, एसपी, प्रहरी प्रमुख, मोरङ

     

    pic google

    विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे।

    सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन्। ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो।’

    प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ।

    गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो।

    बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज-६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर-६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्। विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.