• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुलुक आर्थिक समृिद्धतर्फ उन्मुख ः उपराष्ट्रपति पुन

  •      /२७ फाल्गुन २०७४, आईतवार ०५:०४ ,  प्रकाशीत
  • पोखरा । उपराष्ट्रपति नन्द किशोर पुनले नेपालको नयाँ संबिधान कार्यान्वयन सँगै देश आर्थिक समृद्धीतर्फ उन्मुख हुने बताएका छन । शनिबार पोखरामा लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालद्धारा आयोजना गरेको शतबार्षिकी समारोहको नागरिक अभिनन्दन तथा रथारोहण कार्यक्रममा बोल्दै पुनले मुलुक संघीय संरचनामा गइसकेकोले संबिधानको कार्यान्वयन सँगै देश आर्थिक समृद्धितिर उन्मुख हुने बताएका हुन ।
    देश राजनीतिक स्थिरता तर्फ उन्मुख भएको बताउँदै उनले अब देश आर्थिक समृद्धिको मार्गमा जाने विश्वास व्यक्त गरे । देश आर्थिक समृद्धिको मार्गमा अगाडी बढ्ने बताउँदै उनले प्रत्येक नेपालीको सामाजिक आर्थिक रुपान्तरण आवश्यक भएको उल्लेख गरे । लायन्सले मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पर्यावरणका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए ।
    उनले ७ बटै प्रदेशमा प्रदेश सरकार बनिसकेको बताउदै आर्थिक तथा समृद्धिको बाटोमा बिकासले गति लिन सुरु गरेको दावी समेतगरे । ‘देशको शत्रु भनेकै अशिक्षा, गरिबी, भ्रष्टचार हुन्’ उनले भने। ‘समाजका सत्रुकारुपमा रहेको समस्याको समाधान गर्दै देश अब आर्थिक समृद्धि तर्फ अगाडी बढ्छ।’
    पुनले प्रदेश नम्बर ४ अन्य प्रदेश भन्दा समृद्ध र नमुना प्रदेश बन्न सक्ने बताए । प्रदेश समृद्ध बन्नका लागी बलियो आधार पर्यटन नै रहेकोले यसको प्रर्बद्धन गर्न सम्बन्धित निकाय लाग्नुपर्ने उनको भनाई थियो। पर्यटन प्रर्बद्धन सँगै खेतीयोग्य जमिनको प्रयोगबाट कृषी तथा उर्जा क्षेत्रमा समेत प्रदेश नम्बर ४ लाई सम्पन्न र समृद्ध बनाउन सहयोग पुग्ने उनले बताए ।
    उपराष्ट्रपति पुनले नागरिक अभिनन्दित तथा सम्मानित भएका सम्पुर्ण ब्यक्तित्वहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै देशलाई अग्रगमनको पक्षमा सामाजिक कार्य मार्फत सकरात्मक योगदान दिदै आएकोले लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ नेपालको पक्षमा आफु सधै रहने प्रणगरे ।
    लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका करिब १०० जना व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिएको छ। लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालको आयोजनामा सम्मानित व्यक्तित्वलाई पोखराको सभागृहचोकबाट रथारोहण गराई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै प्रर्दशनी केन्द्र नयाँ बजारमा पु¥याएर नागरिक अभिनन्दन गरिएको थियो ।
    विशिष्ट व्यक्तिलाई उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ), प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लायन्सका विभिन्न व्यक्तित्वहरुले अभिनन्दन गरेका थिए ।
    लायन्स क्लब अन्र्तराष्ट्रियको सयौं स्थापना दिबसको अबसरमा पोखराको पर्दशनी केन्द्रमा सम्पन्न भएको शतबार्षिकी समारोह, नागरिक अभिनन्दन तथा रथारोहण कार्यक्रममा बिभिन्न बिद्याका सय जना ब्यक्तिहरुलाई नागरिक अभिनन्दन सहित सम्मान गरेको थियो ।
    कार्यक्रममा उद्योगपति, साहित्यकार, समाजसेवी, कलाकार, खेलाडी, पत्रकार लगायतका समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १०० जना व्यक्तित्व छनौट गरी उनीहरूलाई बिशेष समारोहको आयोजनागरि सम्मान गरिएको डिष्ट्रिक गभर्नर धनराज आचार्यले बताए ।
    शतवार्षिक समारोहका अवसरमा विभिन्न १०० वटा विशेष कार्यक्रम सहित अघि बढीएको जानकारी दिदै अधिकांश कार्यक्रम सफल भएको उनले दाबी गरे।
    सम्मानीत हुनेमा शिक्षाविद् केदारभक्त माथेमा, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजेश हमाल, सिताराम कट्ट, योगी विकाशानन्द, पुतली बाजे, बैकुण्ठ मानन्धर, यादब खरेल लगायतलाई अभिनन्दन गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.