प्रचण्डले सक्रियता थाले ‘बालकृष्ण ढुंगेल’ रिहाई हुँदै,
/२७ फाल्गुन २०७४, आईतवार ०४:३० , प्रकाशीत
काठमाडौँ । जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलबाट निकाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन् ।
पूर्व सांसद समेत रहेका ढुंगेललाई चाँडोभन्दा चाँडो जेलबाट निकाल्ने प्रक्रिया अगाडि बढाउनका लागि प्रचण्डले सक्रियता बढाएका हुन् । यही क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ढुंगेलको रिहाईका लागि परामर्श गरेका छन् । यसअघि गृहमन्त्री राम बहादुर थापालाई ढुंगेलको रिहाईका लागि अविलम्ब प्रक्रिया थाल्न प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशनपछि बादलले सम्बन्धित निकायसँग आवश्यक पहल समेत थालिसकेका छन् ।
प्रधानमन्त्री ओलीसँगको परामर्शका क्रममा प्रचण्डले ढुंगेललाई जेलमा राखेर शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने प्रष्ट पारेका छन् । वाम सरकारले अब ढुंगेल रिहाईका लागि अविलम्ब पहल थाल्नुपर्ने धारणा अघि सारेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले पनि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताएका छन् । ढुंगेल रिहाईका लागि सकारात्मक देखिएका प्रधानमन्त्रीले सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वसन दिएका छन् ।प्रचण्डको सक्रियतापूर्वक पहलपछि ढुंगेल चाँडै रिहाई हुने बताइन्छ ।

Related