• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध

  •      /२८ फाल्गुन २०७४, सोमबार ०८:०५ ,  प्रकाशीत
  • काठमाडौं: राष्ट्रिय सभाको अध्यक्षको नेकपा एमालेका उम्मेदवारमा गणेश तिमिल्सिनाले उम्मेद्वारी मनोनयन गरेका छन्।

    तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रका दीनानाथ शर्मा रहेका छन् ।

    वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध चयन हुने भएका छन्।

    आज १ बजेसम्म मनोनयनका लागि समय तोकिएकोमा उनकोमात्र उम्मेदवारी परेको छ। नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने जनाइसकेको छ।

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले बैठकले  उनको नाममा सहमति जुटाएको थियो। पर्शुराम मेघी गुरुङ र खिमलाल भट्टारईले पनि यस पदका लागि आकंक्षा राखेका थिए।

    को हुन् तिमिल्सिना?

    नेकपा एमालेका पोलिटव्यूरो सदस्य तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

    विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका तिमिल्सिना पञ्चायती सरकार विरुद्ध विद्रोह गर्दा ४ वर्ष जेल परेका थिए। जेलमै रहँदा उनको भेट हालका प्रधान मन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट नेता हितकाजी गुरुङसँग भयो। त्यसपछि उनी कम्युनिष्ट आन्दोलनमा झन् सक्रिय भए।

    २०४६ सालमा उनी जेलबाट छुटेपछि प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए। नेकपा एमालेको छैटौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसपछि पार्टी राजनीतिमा पछाडि फर्किनु परेको छैन।

    नवौँ महाधिवेशनबाट एमालेको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका उनी २४ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ४ बाट निर्वाचित भएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.