• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा लेखनाथ महानगरको नगर सभा आज,नयाँ कानुन बनाउने योजना

  •      /२८ फाल्गुन २०७४, सोमबार ०३:३० ,  प्रकाशीत
  • पोखरा । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको दोस्रो नगरसभा आज बस्ने भएको छ । संघियताको कार्यान्वयको चरणमा सुरु हुने नगरसभामा महानगर संञ्चालनका लागी आवाश्यक पर्ने विभिन्न विषयहरु समेटिएका ऐन तथा नीति र कार्यविधिहरु प्रस्तुत गर्ने तयारी गरिएको महानगरका प्रमुख मान बहादुर जिसिले जनाकारी दिए ।

    नगरसभामा १७ वटा विधेयक प्रस्तुत हुने महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार कृषी ऐन, कृषी बजार प्रवद्र्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषी नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक नीजि साझेदारी नीति तथा ऐन, शिक्षा कार्यिवधि नगर सभामा प्रस्तुत गरिने छ ।
    यस्तै, एफएम रेडियो संचालन कार्य्विधि, योजना आयोग गठन कार्य विधि, विधायन समितिको कार्य्विधि, फोहोरमैला व्यवस्थापन निर्दे्शिका, भवन मापदण्ड निर्दे्शिका, वित्रापन नीति तथा निर्दे्शिका, न्यायिक समिति विद्ययेक, बजार अनुगमन निर्दे्शिका र उपप्रमुखसंग महिला कार्यक्रम निर्दे्शिका लगायत छलफलका लागी प्रस्तुत गरिने छ ।
    ‘विभिन्न महाशाखाले तयारपारेका कानुन माथि संसोधन र छलफल गरिएको छ, अव उक्त विधेयक, ऐन तथा विधेयकहरु कार्यपालिका सदस्यहरुबाट छलफल गरिने छ’ प्रमुख जिसीले भने। ‘त्यसबाट निस्कीएको निकर्षलाई महानगरले अक्षरस पालना गर्नेछ।’
    वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोला, वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्य र वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली सदस्य रहेको विधायन समिति गठन भएको थियो ।
    विधान समितिले उक्त विधेयक र ऐन संसोधन गरेको हो । प्रदेश कानुनसंग नवाझिने गरि बनाउने र यदि बाझिए स्वगत खारेज हुने गरि बनाइने मेयर जिसीले बताए । ‘हामीलाई आवश्यक काुनन बनाउछौ तर, प्रदेश कानुनसंग बाझिए स्वात खारेज हुने भन्ने ब्यवस्था गरेर जान्छौ’उनले भने।हामी प्रदेश कानुनको अक्षरस पालना गर्न प्रतिबद्धछौं।’
    विधायन समितिका संयोजक शोभामोहन पौडेलले १७ वटा विधेयक छलफल गरेर तयार पारिएको बताउदै त्यसलाई नगर सभाले संसोधन गर्न सक्ने बताए । ‘हामीले विधेकलाई सकभर सवैलाई मान्य हुनेगरी तयार गरेका छौं’उनले भने। ‘यदी त्यसमा चित्त नबुझेको अवस्थामा सभाले संशोधन गर्छ।’
    पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिर्घनारायण पौडेलले सवैको सल्लाह र सुझावबाट आवश्यक कानुन निर्माण गदै जाने बताए । ‘यसलाई सवैको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्दै लग्ने छौं’ उनले भने। ‘कानुनलाई समय सापेक्ष बनाउन हामी तयारछौ।’
    ११ बजेदेखी सुरु हुने उक्त सभाको सम्पूर्ण आवाश्यक तयारी पुरा भएको महानगरका कार्यकारी अधिकृत दिर्घ नारायण पौडेलले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.