• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको फिर्के खोलाको रेखाङ्कन शुरु, मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काइने

  •      /३० फाल्गुन २०७४, बुधबार १०:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज 

    पोखरा , ३० फाल्गुण: पोखराको बीच भाग हुनै फेवातालमा पुग्ने फिर्के खोलाको सिमाना छुट्याउन पोखरा लेखनाथ महानगरपालिकाले रेखाङ्कनको काम शुरु गरेको छ । महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरले जनाएको छ ।

    पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोटको फेदी अँधेरीकुनाबाट शुरु भएको बुलौदी खोला करिब ९ किलोमिटरमा फेवातालमा मिसिने गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले अतिक्रमण गरि बनाएका संरचना सबै हटाउने बताए । उनले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटम सहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिले डोजर फाल्ने बताए ।

    त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई छ । पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने मेयर जिसीले बताए ।

    अँधेरीकुनाबाट, प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुदै फिर्के खोला फेवाताल सम्म पुग्ने गरेको छ । त्यसै गरि पोखराको बिच भएर बग्ने अर्को बुलौदी खोलाको पनि रेखाङ्कन गर्ने पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले बताए । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकीलो रहेका छन् । खोलाको किनारबाट दुबै तर्फ ५र५ मिटर मादण्ड लाग्ने उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.