• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खेलकुद पत्रकार र पर्यटन बोर्डको प्रदेश मन्त्रि बस्नेतलाई सुझाब

  •      /२ चैत्र २०७४, शुक्रबार १२:३५ ,  प्रकाशीत
  • चैत २ पोखरा । नेपाल खेलकुद पत्रकार मंच कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले शंयुक्त रुपमा आयोजनामा पोखरामा फागुन २३ गते सम्पन्न ‘प्रदेश ४ मा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उठेका सुझाब तथा निष्कर्षहरुलाई उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रि राम शरण बस्नेत लाई बुझाएको छ ।

    नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष के्शब पाठकको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले मन्त्रि बस्नेतलाई कार्यक्रममा उठेका २५ बुंदे सुझाब तथा निष्कर्ष सहितको प्रतिबेदन बुझाएको हो । सो अबसरमा मन्त्रालायका तर्फ बाट बुझ्दै मन्त्रि बस्नेतले मंचले गरेको कार्यको प्रशंसा गरे । उनले यि सुझाबहरुले आगामी दिनमा मन्त्रालयले आफ्ना नितीहरु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

    मन्त्रि बस्नेतले अब छिट्टै नै मन्त्रालयले प्रदेशका गतिविधी र बिकासका कार्यहरुलाई तदारुकताका साथ कार्यान्वयनमा अघि बढाउन उद्योग, बन, पर्यटन, आपूर्ती, विज्ञान तथा प्रवीधी, बाताबरण लगाएतका सवालहरुमा विषयगत विज्ञहरु बाट सुझाव संकलन सुरु गरिएको बताए । उनले प्रदेश ४ लाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा अघि बढाएमा पर्यटनले फड्को मार्न सक्ने तर्फ इंगित गर्दै पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यहरुको पहिचानमा पनि मन्त्रालयले कार्य थाल्ने बताए ।

    नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठकको नेतृत्वमा मंचका उपाध्यक्ष दिनानाथ बराल, कार्यसमिती सदस्य नारायण शाही, सुरज श्रेष्ठ, उमेश पुन र नेपाल पर्यटन बोर्ड कार्यालयका प्रमुख सूर्य थपलिया रहेका थिए । मन्त्रि बस्नेतलाई कार्यक्रमको प्रतिवेदन सहित २५ बुँदे सुझाब तथा निष्कर्ष, कार्यक्रमको सम्पूर्ण श्रव्य दृष्य, विभिन्न संचारमाध्यममा प्रकाशित समाचारहरु रहेका छन ।

    फागुन २३ गते सम्पन्न कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका महासचिब प्रकाश तिमिल्सिना र नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र माथी नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश मन्त्रि,सांसद, खेलकुदकर्मी, पर्यटन, पत्रकार र समाजसेवीहरु गरि ८० जनाको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.