कास्कीबाट रविन्द्र अधिकारी पर्यटन,विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री
/२ चैत्र २०७४, शुक्रबार १२:५९ , प्रकाशीत
काठमाडौं २ चैत । प्रभावशाली एमाले युवा नेता रविन्द्र अधिकारीले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् । कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित उनलाई पार्टीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।
अधिकारी यसअघि संसदिय विकास समितिका सभापति थिए । उनी मन्त्री भएको यो पहिलो पटक हो । त्यस्तै एमालेले ६ मन्त्री र एक राज्यमन्त्री छान्ने क्रममा पार्टी सचिव प्रदिप ज्ञवालीलाई परराष्ट्रमन्त्री मन्त्री, अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार
, रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री , शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बनाउने निर्णय गरेको छ ।
त्यस्तै गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री हुनेछन् भने यसअघि बाताबरण मन्त्रालयको जिम्मेवारी सम्हालेका लालबाबु पण्डितलाई अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

Related