• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धि : ओडिआई स्ट्याटस पाउँदा यी हुन् ३ मुख्य फाइदा

  •      /२ चैत्र २०७४, शुक्रबार ०४:४० ,  प्रकाशीत
  • काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपनि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) टिमको स्ट्याटस पाउँदै ऐतिहासिक उपलब्धि हात पारेको छ।

    क्वालिफायरमा सहभागी १० टिम मध्ये सातौँ स्थानको लागि भएको क्रस प्लेअफमा नेपालले पपुआ न्यू गिनीलाई ६ विकेटले हराएको थियो। तर त्यो जित मात्र पर्याप्त थिएन। आजै भएको अर्को खेलमा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले पहिलो पटक ओडिआई नेशनको रुपमा मान्यता पाउने भएको हो।

    नेपालले ओडिआई स्ट्याटस पाउने भएसँगै अब नेपाली क्रिकेटमा के के हुन्छ भन्ने बहस सुरु भएकोछ। मुख्य कुरा नेपालले आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस प्राप्त गरेको छ। जुन सन् २०१८ देखि २०२२ सम्म कायम रहनेछ।

    ओडिआई स्ट्याटस पाएपछि नेपाललाई आइसीसीले दिने फण्डमा वृद्धि हुनुका साथै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप लगायत इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछ।

    यस्तै क्रिकेट संघको पहलमा नेपालले आफू सरहको राष्ट्रसँग ट्राई सिरिज लगायत खेल्न पाउनेछ।

    तर यी सबै पूरा हुनका लागि नेपालमा एउटा स्थायी क्रिकेट संघ वा बोर्ड हुनु जरुरी छ जसले आइसीसीसँग सहकार्य गरेर नेपाली क्रिकेटको विकासका लागि काम गर्न सकोस्। अहिले नेपालको क्रिकेट संघ निलम्बन अवस्थामा छ।

    ओडिआई मान्यता पाएपछि नेपालले प्राप्त गर्ने तीन ठूला उपलब्धि वरियतामा समावेश

    नेपाल पनि अब आइसीसीको वरियतामा समावेश हुनेछ। अहिले आइसीसीको फूल मेम्बर १२ टिम र अन्य ४ टिम गरी १६ टिमसँग मात्र ओडिआई स्ट्याटस छ। त्यसमध्ये हङकङ र पपुवा न्यूगिनीले ओडिआई मान्यता गुमाउँदा त्यो दुई स्थानमा नेदरल्यान्ड्स र नेपाल रहनेछन्। अहिले टेष्ट मान्यता पाएका १२, वर्ल्ड क्रिकेट लिग च्याम्पियनको हैसियतमा रहेको नेदरल्याण्ड्स तथा वर्ल्डकप क्वालिफायरको सुपर सिक्समा पुगेका स्कटल्याण्ड र युएईले ओडिआई स्ट्याटस पाएका छन्।

    अब यी टिमसँगै नेपालले पनि वरीयतामा रहनेछ।

    उच्चस्तरको प्रतियोगिता खेल्न पाउने

    अहिले नेपालमा घरेलु क्रिकेट लगभग शून्य नै छ। नेपाल क्रिकेट संघ (क्यान) लाई आइसीसीले निलम्बन गरेका कारण नेपाली क्रिकेटलाई ठूलो घाटा लागेको छ र त्यसको मार प्रतियोगिता नहुनाले खेलाडीमा परेको छ। निजी स्तरबाट हुने फ्रान्चाइज प्रतियोगिताले नै नेपालको क्रिकेट धानिरहेको छ। अब नेपालले वर्ल्ड क्रिकेट लिग सँगै चार दिनको इन्टरकन्टिनेन्टल कप समेत खेल्न पाउनेछ। इन्टरकन्टिनेन्टल कप जित्न सके टेस्ट स्टायटससमेत पाइन्छ।

    यस्तै एसिया कप जस्तो ठूलो प्रतियोगितामा समेत नेपालले सहजै सहभागिता पाउन सक्छ। जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

    फन्डमा वृद्धि

    ओडिआई मान्यता पाउने टिमले आइसीसीबाट पनि ठूलो फण्ड सहयोग पाउनेछ। नेपाल जस्तो राष्ट्रको लागि त्यो निकै ठूलो सहयोग हुनेछ। आइसीसीले आफ्नो सदस्य राष्ट्रलाई विभिन्न क्याटेगोरीमा राखेर बजेट छुट्याउने गरेछ। अब ओडिआई स्ट्याटस पाएपछि नेपालले वार्षिक ७ करोडसम्मको बजेट पाउनेछ। यसबाट नेपालले स्तरीय विदेशी प्रशिक्षक ल्याउन सक्छ, खेलाडीहरुको तलब भत्ता लगायत सेवा सुविधा नियमित दिन सकिन्छ। यस्तै अभ्यास खेलका लागि विदेश भ्रमण गर्न सहज हुनेछ। नेपाली क्रिकेट टिमलाई आर्थिक सहजताका लागि यो महत्त्वपूर्ण चरण हुनेछ।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.