• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुक्तिनाथ बिकास बैकका सीईओ भरत ढकालको कार्यकाल सकिएपछि पोखलेल नयाँ सीईओ नियुक्त

  •      /२ चैत्र २०७४, शुक्रबार १०:२९ ,  प्रकाशीत
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पोखरेललाई आगामी चार वर्षको लागि बैंकको सीईओको रुपमा नियुक्त गरेको हो ।

    नवनियुक्त सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेछन् ।विभिन्न वाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरेका पोखरेल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

    वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर शुरु गरेका थिए । उनले करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । त्यसपछि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

    यस बैंकको स्थापना कार्यकालदेखि नै सीईओमा भरतराज ढकाल रहेका थिए । ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा समाप्त हुँदै छ । सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.