चिठ्ठा परेको भन्दै सामाजिक सञ्जाल मार्फत डेढ करोड ठगी गर्ने पक्राउ
/५ चैत्र २०७४, सोमबार ०६:०३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर लाखौं रकम ठगी गरेका उनीहरुलाई लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएकोछ।
सर्वसाधारणबाट योजनावद्धरुपमा चिठ्ठा परेको भन्दै प्रलोभनमा पारी संगठितरुपमा ठगी गरेको आरोप पक्राउ परेका हरुलाई कास्की प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले विभिन्न घटनामा संलग्न ९ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
ठगी गरेको अभियोगमा पक्राउ पर्नेहरुमा पाल्पा निस्दीका २६ बर्षिय यामबहादुर मगर, धादिङ नेत्रवती गाउँपालिकाका २८ बर्षिय ठाकुर गुरुङ, २८ बर्षिय गणेश गुरुङ, १९ बर्षिय मनोज तामाङ, धादिङकै खनियाबास गाउँपालिकाका २६ बर्षिय टेकबहादुर तामाङ, २५ बर्षिय जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका २४ बर्षिया संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी ३५ बर्षिय कामनी तिवारी र ४५ बर्षिय योगेन्द्र तिवारी रहेका छन् ।
उनीहरुले पटक पटक गरी १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनीहरुलाई ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु भैसकेको सिंहले बताए ।

Related