• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश नं ४ को नामाकरण प्राकृतिक सम्पदाको नाउँ झल्कनेगरी राख्न ध्यानाकर्षण

  •      /५ चैत्र २०७४, सोमबार ०३:१७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । प्रदेश नं. ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ ।

    प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी समाज, नेपाल दशनामी समाज, मुस्लिम धार्मिक संरक्षक समितिद्वारा संयुक्त रुपमा बुझाईएको ज्ञापनपत्रमा सबै जातजातिहरु, समेट्ने गरी गण्डकी इतिास प्रसिद्ध नदी नाम भएको प्रदेशको नामाकरण राख्दा सबै जातिले स्वीकार गर्न सकिने क्षेत्री समाजका पूर्व अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले बताए ।

    ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको नामाकरण बारे सबै जातजातिले अपनत्व हुने गरी गर्न आपूmले सकारात्मक भूमिका खेल्ने बताए ।

    प्रदेशको नामाकरणमा कुनै जाति विशेषले जातीय आधारमा गर्नुपर्ने जिकिर गरेकोमा पनि समाजले गम्भीर रुपमा लिएकोले अब देश जातीय विशेषमा नलागी सबै जातजाति, भाषाभाषी एक भई विकासमा लाग्नुपर्ने समाजका केन्द्रीय अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापाले बताए ।

    ७ वटै प्रदेशलाई स्वतन्त्र तवरले नामाकरण र सबैको सहभागितालाई महत्व दिन देशव्यापी पहिलो चरणमा मुख्यमन्त्री र सभासद् तथा राजनैतिक दलमार्फत ज्ञापन पत्र मार्फत सहमती सहकार्यको भूमिका खेल्ने र देशको परिवर्तित संरचनालाई सहयोग गर्दै देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको जिल्ला अध्यक्ष पदम बहादुर कार्कीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.