क्रिकेट संघको विवाद छिट्टै अन्त्य हुन्छ ः मन्त्री विश्वकर्मा
/६ चैत्र २०७४, मंगलवार ११:२३ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले क्रिकेट संघमा देखिएको विवादलाइ छिट्टै अन्त्य गरी क्रिकेटको विकासको लागि राज्यले बिशेष योजना सहित अगाडि बढ्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद अन्त्य गर्न निर्देशन दिईसकेको बताए। ‘क्रिकेट संघ (क्यान) मा देखिएको विवाद अन्त्य गर्न हामीले आबश्यक निर्देशन दिएका छौं, उनले भने। ‘अब, छिट्टै विवाद अन्त्य हुन्छ । ’
मन्त्री विश्वकर्माले अब खेलबाट खेलाडी निराश हुने अवस्थाको अन्त्य गरिने बताए । ‘राष्ट्रका गहनाका रुपमा रहेका खेलाडिको जीविकोपार्जनमा देखिएका समस्यालाई समाधान गरी खेलाडिको सुरक्षित भविष्यको बारेमा ध्यान दिन्छौँ’ उनले भने। खेलखेलेर जिविकापार्जन गर्छ सक्ने अवस्था निर्माणमा सरकार केन्दीत हुनेछ।’
पोखरामा हुन गईरहेको तेह्रौँ दक्षिण सार्क स्तरीय खेलकुद प्रतियोगीता र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गरिने उनले बताए । ‘देशकै प्रतिष्ठासँग जोडिएका खेलकुदलाई खेलकुदमैत्री वातारवरण निर्माण गर्न र भव्य रुपमा सम्पन्न गर्ने दायित्व हाम्रो हो’ उनले भने ‘सोही अनुरुपमा काम अगाडि बढाइने छ ।’
मन्त्री विश्वकर्माले पोखरामा अन्तर्रा्ष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण हुने बताए ।उनले देशको नाममा खेल्ने र शिर उचो राख्ने खेलाडीहरुलाई अब राज्यले केहि न केहि गर्ने तर्फ लग्ने प्रतिद्धता ब्याक्तगरे। ‘पदक ल्याएका खेलाडीहरुलाई स्वदेशमै बाच्न सक्ने आधार निर्माण तर्फ राज्य लाग्ने छ’ उनले भने। ‘त्यस दिशातर्फ राज्य गम्भिर हुन्छ ।’
क्रिकेटमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसि व्यक्त गर्दै मन्त्री विश्वकर्माले खेलाडीहरुको उत्साहलाई मर्न नदिन राज्य लाग्ने बताए ।
मन्त्री विश्वकर्माले एक बर्ष पछि हुने दक्षिण एसियाली खेलकुद (साग) समयमै सम्पन्न गर्नको लागि आवश्यक पुर्वाधारमा जोड दिने बताए । उनले चालु आर्थिक बर्षमा जारी रहेका योजनाहरुलाई समयमै सम्पन्न गनी आवश्यक खेल पुवार्धार निमार्ण कार्यलाई प्रभाबकारी बनाउने बताए। खेलको सर्वा्ङ्गिण विकासका लागि खेलसँग जोडिएका संघीय ऐन कानुनको तर्जुमा गर्नु पर्ने चुनौती रहेको भन्दै, स्पष्ट नीति र योजनासहित खेलकुदबाट राष्ट्र निर्माणको महाअभियानमा लाग्ने बताए ।‘सरकारले ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरका खेल मैदान बनाउनेछ’ उनले भने।

Related