• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अस्ट्रेलियामा नयाँ भिसा प्रक्रिया सुरु, यस्तो छ नयाँ प्रक्रिया

  •      /७ चैत्र २०७४, बुधबार ०६:३९ ,  प्रकाशीत
  • काठमाण्डौ,चैत्र ७ ।
    अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र लामो अवधिको भिसा भनेर वर्गीकरण गरिएको कान्तिपुरमा खबर छापिएको छ ।
    जसअनुसार लामो भिसामा अस्ट्रेलिया आउने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका लागि आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ ।

    अध्यागमन मन्त्रालयका अनुसार यो भिसा दुई वर्ष र चार वर्षका लागि बनाइएको छ । दुई वर्षका लागि आउनेहरूले काम सकेपछि फर्कनुपर्ने छ भने ४ वर्षका लागि आउनेहरूले आएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिन पाउनेछन् । यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अस्ट्रेलियामै रहेका कामदारलाई प्राथमिकता दिएको हुनुपर्ने सर्तसमेत राखिएको छ ।

    अध्यागमन क्षेत्रमा काम गरिरहेका विज्ञहरूका अनुसार यो भिसा प्रक्रियाले सबैभन्दा कठिनाइ विद्यार्थीहरूलाई हुनेछ । यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज हुने भए पनि नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ । यस भिसामा विदेशबाट आउन चाहनेहरूले कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने र उनीहरूको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ ।

    अस्ट्रेलियाले पछिल्लो समयमा आफ्नो अध्यागमन नीतिमा फेरबदल गरिरहेको छ । वर्तमान सरकारले विदेशी नागरिकलाई अस्ट्रेलियाको नागरिकता दिने नीतिमा समेत व्यापक परिवर्तन गर्ने कोसिस गरेको भए पनि अहिले उक्त अध्यादेशले संसदबाट अनुमति पाउन सकेको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.