राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित तिमिल्सीनाको गृह जिल्लामा भब्य स्वागत
/७ चैत्र २०७४, बुधबार ०३:१६ , प्रकाशीत
पर्वत /संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक जिल्ला आएका गणेश तिमिल्सीनालाई जन्मगाउँ देखि सदरमुकाम कुस्माबजार सम्म भब्य स्वागत गरिएको छ ।
जिल्लाको राजनैतिक इतिहाँसमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले तिमिल्सीनालाई भब्य रुपमा स्वागत गरेका हुन । तिमिल्सीनालाई जन्मगाउँ मोदीगाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजा सहित स्वागत गरिएको छ भने कुस्माबजारमा सम्मान समेत गरिएको छ ।
मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानिय नागरिक समाजको आयोजनामा बाजागाजा र दिपावली सहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालिन गाबिस अध्यक्ष समेत रहेका तिमिल्सीना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँसबासीका लागि सबैभन्दा ठुलो उपलब्धी र खुसीको क्षण भएकाले स्वागत र सम्मान गरिएको वडा अध्यक्ष बसन्त गुरुङ्गले बताए । कार्यक्रममा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य गुप्तबहादुर हमालले यो उपलब्धीबाट गाउँबासी र समग्र देशले नै फाइदा लिनुपर्ने बताएका थिए ।
तत्कालिन जिल्ला बिकास समितिमा २०५४ देखि २०५९ सम्म तिमिल्सीना सभापति रहेका थिए । उनलाई जिल्ला समन्वय समितिको तर्फबाट संयोजक मनोहर बिश्वकर्माले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मोदीगाउँपालिकामा अध्यक्ष प्रेम पौडेल लगायत जनप्रतिनिधी र स्थानियबासीले स्वागत गरेका थिए ।कार्यक्रममा पतिनिधीसभाका सदस्य पदम गिरीलाई पनि दोसल्ला ओढाएर जिल्ला समन्वय समितिको तर्फबाट सम्मान गरिएको थियो ।

Related