• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरिया जाने आशमा सडकको बास

  •      /८ चैत्र २०७४, बिहीबार १२:४५ ,  प्रकाशीत
  • एनएच पौडेल
    पोखरा । उच्च शिक्षा हासिल गरी देशमै केही गर्नुपर्छ भन्दै साथी, भाई र आफन्तसंग अड्डी कस्दा समेत उनको केही लागेन्। समय र परिस्थिती प्रतिकुल भएका कारण स्नाकत्तोर गरेर पनि उनि विदेशी भूमीमा श्रमिककारुपमा जान बाध्य भए।
    आफु संगका साथि संगीले युरोप,अमेरिका र खाडी लगायतका मुलुकहरुमा पुगेर भएपनि राम्रै आम्दानी गरिसके तर,स्याङजा भिरकोट ३ का सुमन ढकाल भने उच्च शिक्षा पढेर देशमै केही गर्ने आशमा तीस बर्ष बिताइसके । उनले कुनै रोजगार पाउन सकेन् । अन्तत उनले थोरैलगानीमा राम्म्रै आम्दानी हुने रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत कोरिया जाने बिचार गरे ।
    रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत सन् २०१८ को कोरियन भाषा परिक्षाको अनलाइन फारम भर्न पहिला बैंकमा शुल्क तिर्नु पर्ने भए पछि बैंकमा शुल्क तिर्नको लागि उनी बुधवार साँझ पोखरा पुगे । बिहिवार ग्लोवल आईएमईका दुई वटा शाखाबाट शुल्क लिने भए पछि उनी बैक नजिकैको होटलमा बास बस्ने निधो गरे । पोखराको न्यूरोडस्थित ग्लोवल आईएमई नजिक रहेको होटल दिपसागरमा बास बसे । रात पर्न थाल्यो । बिगतका बर्षहरुमा कोरियाकोलागि फर्म भर्न दुई दिन अगाडिबाट लाइन बस्ने गरेको हल्ला सुनेका ढकालले कतै यसपटक पनि बैकमा रकम जम्मा गर्न लाईन पो,लाग्नेहोकी भन्दै नियाली रहेका थिए । नभन्दै उनको आँखै अगाडी भिडबढ्न थाल्यो । उनी पनि त्यतै हानिए र लाइनमा बसे । बेलुका ११ बजे लाइन लागेका उनी भोलिपल्ट १ बजे मात्र बैक छिर्ने पालो आयो।
    ‘कोरिया जाने आशमा भोक, भोकै १५ घण्टा सम्म खुल्ला आकाश,मुनी सडकपेटीमा बास बसियो’ ढकालले भने। ‘यस्तो कष्ट सुनेको थिए, आज आफै भोगें,देशमा बढ्दो बेराजगारीले लाखौं उच्च शिक्षा अध्यायन गरेका युवा जनशक्ती पलायनको अवस्थामा छ, अनि कसरी हुुन्छ देशको बिकास र समृद्धी ’ उनले भने।
    ढकालले आफ्ना बावु,आमा,नातागोता,छिमेकी र सहपाठीलाई उच्च शिक्षा हासिलगरी देशमै केही गर्नु पर्छ भन्दै सम्झाएको तर बिडम्वना लामोसमय आफुले धेरै प्रयास गर्दा पनि कुनै रोजगारी नपाएपछि बाध्य भएर कोरिया जाने बिकल्प रोजेको बताए ।
    पर्बत सेतिविनीका संजिव थापामगरले राती १२ बजेबाट बैक भौचरकोलागि लाइन बसेको बताए । ‘उच्च शिक्षा हासिल गरेर देशमै केही गनुपर्छ भन्दै गाँउ घरको पाखोवारी बेचेर डिग्री सम्म पढियो, रोजगनरीको खोजीमा जताततै चाहरियो, कतै केही लागेन् ,बाध्यभएर रातको निद्रो र सडक पेटीको बास नभनी खुल्ला आकाश मुनी रात कटियो’ उनले भने । ‘गरिब र शैक्षिक बेरोजगारको लागि यो भन्दा बिडम्वना के हुन सक्छ ्?रोजगार पाउने आशमा भएको घरखेत साहुलाई सुम्यो,पढाईमा सम्पत्ती सकाईयो,अनि खाडी पस्यो।’
    अनलाईन फार्म नखुल्दै पोखरामा एक दिन अघि देखि नै युवाहरु लाईनमा वसेका हुन्। ग्लोवल आईएमईका दुई वटा शाखाबाट उक्त शुल्क लिने भए पछि युवाहरु एक दिन अघि रातको समेत कुनै प्रवाह नगरी लाईनमा वसेका थिए ।


    मंगलबार मध्यरात १२ बजेपछि अनलाईनबाट फारम भर्न सकिने ब्यवस्था भएपछि फर्ममा पेशगर्न पहिला सम्बन्धित बैंकमा २४ डलर अर्थात २ हजार ५ सय २० रुपैया शुल्क तिरेर मात्र फारम भर्न सकिने भएका कारण अगाडीनै बैकमा भिडलागेको हो ।
    अनलाईनमा फर्म भर्नु एकदिन अगाडीनै हजारौं युवाहरु लाईन बसेपछि सुरक्षाकर्मीले सुरक्षा दिएका थिए। लाईनमा वसेका युवाहरुलाई दिशा पिसाप गर्न समेत समस्या भएको थियो ।
    पोखरा न्युरोड पोखरा लेखनाथ महानगरपालिका कार्यालय अगाडी र पृथ्बीचोक स्थित होटल आनन्द संगैं रहेको ग्लोवल आईएमीमा शुल्क तिर्न युवाहरुको मंगलबार दिउसै देखि लाईनमा बसेका थिए। रातको समयमा पनि कुनै प्रवाह नगरी उनीहरु कोरिया जाने सपना वोकेर लाइृनमा बसेका हुन । बुधबारदेखि १० दिनसम्म बिहान १० बजेदेखि ३ बजेसम्म फाराम शुल्क बुझाउन पाउने व्यवस्था मिलाइए पनि युवाले नबुझेका कारण अघिल्लो दिनदेखि नै लाइनमा बसेको ग्लोबल आइएमइ बैंक न्यूरोड शाखाका ब्रान्च म्यानेजर अमृत बास्तोलाले बताए ।
    ‘दश दिनसम्म भौचर बुझाउने समय छ तर,भाषा परीक्षार्थी नबुझेर अघिल्लो दिनदेखि नै कष्टपूर्ण रुपमा रातभरी लाइनमा बसे’ म्यानेजर बास्तोलाले भने।
    इपिएस अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम मंगलबार राति १२ बजेदेखि खुलेको छ । आवेदन फारम चैत १८ गतेसम्म बुझाउन सकिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.