• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको लेकसाइड अबदेखि सातामा दुई दिन ‘नो भेहिकल जोन’

  •      /९ चैत्र २०७४, शुक्रबार ०८:३२ ,  प्रकाशीत
  • पोखराः पर्यटकीय नगरी पोखराको लेकसाइड अबदेखि सातामा दुई दिन ‘नो भेहिकल जोन’ हुने भएको छ। सवारी आवागमनको चापले पर्यटकलाई हिँडडुलमै समस्या भएको भन्दै प्रत्येक साताको शुक्रबार र शनिबार लेकसाइडमा सवारीसाधन प्रतिवन्ध लगाइएको हो।

    पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ को करिव एक किलोमिटरको क्षेत्रमा हप्तामा दुई दिन साँझ कुनै पनि सवारी चलाउन पाइने छैन।

    आजदेखि सुरु भएको ‘नो भेहिकल जोन’ प्रत्येक शुक्रबार र शनिबार साँझ ५ बजेदेखि सुरु हुनेछ। स्थानीय व्यवसायी, सराकारवाला निकाय र प्रशासनको पहलमा लेकसाइडलाई नो भेहिकल जोन बनाएपछि  पर्यटन व्यवसायीहरुले खुसी व्यक्त गरेका छन्।

    लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करिव एक किलोमिटर दुरीमा सवारी प्रवेश रोक लगाइने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए।

    ‘पहिलो चरणमा बेलुकी पाँच बजेपछि दुई दिन सवारी प्रवेश निषेध गर्न लागिएको हो’ अध्यक्ष पहारीले भने ‘नो भेहिकल जोन बनाएको दिन राती अबेरसम्म पनि सवारी चलाउन पाइने छैन ।’

    पहारीले हल्लनचोक पुगेका सवारीलाई क्याम्पिङचौरमा पार्किङ गर्ने र शहीदचोक हुँदै गएका सवारी बाराही मन्दिर जाने छेउको रत्नमन्दिरको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको बताए ।

    ५ वर्ष पहिले पनि लेकसाइडलाई ७ महिनासम्म शुक्रबार सवारी चलाउन निषेध गरिएको थियो। तर, पार्किङ लगायत व्यवस्थापकीय कठिनाइका कारणले निरन्तरता पाउने सकेको थिएन.

    pahilopost.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.