कास्की, ९ चैत । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् आज विस्तार हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकले दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाउनु भएको छ । ७ मन्त्रालय पाएको प्रदेश ४ मा चार जनाको मन्त्रीपरिषद् बनिसकेको छ ।
बाँकी तीन जना मन्त्री बन्दैछन् । नयाँ मन्त्री बन्नेमा पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहा मगर र म्याग्दीकी नरदेवी पुनको नाम मुख्यमन्त्रीले सिफारिस गर्नु भएको छ ।
लम्साललाई आर्थिक मामिला तथा योजना मन्त्री, गाहा मगर सामाजिक विकास मन्त्री र पुन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने तयारी छ । सहमति जुटे मन्त्रीपरिषद् विस्तार र सपथ आजै हुनेछ ।

Related