• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराभन्दा निजगढ विमानस्थल महत्वपूर्ण हो, सबैले सहयोग गर्नुस: रवीन्द्र अधिकारी

  •      /९ चैत्र २०७४, शुक्रबार १५:०७ ,  प्रकाशीत
  • वीरगंज: संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  मन्त्री रवीन्द्र अधिकारीले दोस्रो अन्तरार्ष्ट्र्रिय निजगढ विमानस्थल सम्पूर्ण नेपालीको सपना भएको बताएका छन्। बाराको सिमरामा आजदेखि सुरु भएको प्रथम सिमरा औद्योगिक महोत्सव उद्घाटन गर्न बारा आइपुगेका मन्त्री अधिकारीले नेपाल सरकार तथा नेपाली जनताको सबै भन्दा बढी महत्वपूर्ण योजनाको रुपमा निजगढ विमानस्थल रहेको बताए।

    उनले क्षेत्रीय विमानस्थलहरु भैरहवा र पोखराभन्दा निजगढको महत्व धेरै भएकोले सरकारको प्राथमिकतामा रहेको योजना पनि यही भएको स्पष्ट पारे।  विमानस्थल निर्माणपछि जितपुर, सिमरा,निजगढ र कोल्हबी नगरापालिकासँगै ,पर्सा, बारा, रौतहट र मकवानपुर जिल्लामै रोजगार,व्यापार एवम आम्दानीको माध्यम विमानस्थल बन्ने उनको तर्क थियो।

    ‘हामी किन पछि पर्यौ,त्यसको उत्तर दिने बेला हो यो,’मन्त्री अधिकारीले भने,‘सरकारसँग जनताको त्यस्तो प्रश्नको उत्तर दिने अवसर छ, यसलाई सदुपयोग गर्छु, विमानस्थल पुरा गराएर छाड्छु।’

    बहुप्रतिक्षित आयोजनालाई स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार मिलेर सक्दो चाँडो सम्पन्न गर्नु पर्ने उनको भनाई थियो।

    आज देखि १० दिन सम्म चल्ने यो महोत्सवमा विभिन्न व्यापारलगायत फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउने आयोजकले जनाएको छ ।

    मेलामा झण्डै चार सय स्टल रहेका छन्। महोत्सव ५० हजार भन्दा बढी दर्शकले मेला हेर्ने र दुई करोड भन्दा बढीको कारोबार हुने आयोजकले जनाएको छ।

    मन्त्री अधिकारी महोत्सव उद्घाटन गर्नु पहिले विमानस्थल वरपरका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सिमरामा अन्तक्रिया समेत गरी स्थलगत समस्याबारेमा जानकारी लिन टाँगियावस्ती पुगेका थिए।

    टाँगियावासीसँगको भेटपछि उनीहरुको समस्याको समाधान गरी विमानस्थलको कामलाई तीव्र पार्नु पर्नेमा आफूले पहल गर्ने मन्त्री अधिकारीले बताए।

    टाँगियाबस्ती किन बाधक?

    पछिल्लो समय विमानस्थल निर्माण कार्य सम्पन्न गराउन टाँगियाबस्ती बाधक देखिएको छ। टाँगियाबस्ती सरोकार समितिले मुआब्जा दिइ बस्तीलाई उचित व्यवस्थान खोजेका छन्। जबसम्म सरकारले मुआब्जा दिदैन आफूहरु बस्ती खाली नगर्ने भनी रमेश सापकोटाको अध्यक्षतामा समिति गठन गरी उनीहरु आन्दोलित छन्।

    यता, सरकारले सो वस्तीलाई चाँडै उचित ठाउँमा स्थानान्तरण गरी समस्यालाई सेफ ल्यान्डिङ गर्न खोजेको बताइएको छ। २ वर्षभित्र पूर्व तयारी गरी अबको ५/६ वर्षमा विमास्थलको काम सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले बताए। सरकारले विमानस्थलको लागि ११०० विघामा जग्गाव छुटयाएको छ, जसमध्ये ७३२ विघामा वस्ती छ। टाँगियाबस्तीका बासिन्दा करिब ४० वर्ष देखि बसोवास गर्दै आएका छन् । उनीहरु सबै सुकम्बासी हुन्।pahiloposta .com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.