• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरालाई अन्तरराष्ट्रिय व्यापारिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ्ग

  •      /१० चैत्र २०७४, शनिबार १०:१७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले राजधानी पोखरालाई अन्तरराष्ट्रिय व्यापारिक केन्द्र बनाउनुपर्ने बताएका छन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको ठाँउ भएकाले प्रदेश राजधानीलाई अन्तरराष्ट्रिय व्यापारिक केन्द्रको रुपमा स्थापना गनुपर्ने उनको धारण छ ।शुक्रवार दमौलीमा नेपाल आदिबासी जनजाति महासङ्घ तनहुँको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङ्गले प्रदेश नं ४ भौगोलिक रुपमा अन्य देशसँग निकटतम सम्बन्ध भएको र बाह्य पर्यटकको अत्याधिक आगमन जस्ता आधारले अन्तरराष्ट्रिय व्यापारिक केन्द्रको आवश्कता महशुस भई सोही अनुसार ऐन निर्माणको क्रममा रहेको बताए ।

    उनले भने ‘हाम्रो प्रदेशमा प्रकृतिले दिएका थुप्रै बरदान छन्, अब त्यही प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्भावनालाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी प्रदेशलाई समृद्ध बनाउने कार्यमा लाग्नुपर्छ ।’प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय र जलस्रोत भएकाले सरकार यसमा अधिकतम लगानी ल्याउने सोचमा रहेको उनले बताए । ‘न्याय र समानताले यस प्रदेशमा शान्ति छ, अब यहाँका नागरिकको जीवन स्तर उकास्ने खालका कार्यक्रम र योजना ल्याउनुपर्छ,’ उनले भने ।सङ्घीय शासन प्रणाली लागू भइसकेको अवस्थामा जनताले परिवर्तनको अनुभूति हुने गरी समृद्धि र सुशासनका लागि काम गर्न गुरुङ्गले जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए ।

    arthik abhiyan

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.