• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माओवादीले प्रदेश इञ्चार्जहरु परिवर्तन ग¥यो, प्रदेश ४ मा हितराज पाण्डेलाई तोक्यो नयाँ इञ्चार्ज

  •      /१० चैत्र २०७४, शनिबार १०:५३ ,  प्रकाशीत
  • काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले प्रदेशका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। पपाँच ओटा प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गरेको छ। आज पार्टी अध्यक्ष पुषकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको हेडक्वटरका बैठकले प्रदेश १, २, ४, ५ र कर्णाली प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो।

    सरकार बिस्तारपछि प्रदेश इञ्चार्जहरु मन्त्री बनेपछि पार्टीले प्रदेश इञ्र्चाजहरुको जिम्मेवारी परिवर्तन गर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव प्रलाद बुढाथोकीेले जानकारी दिए।

    माओवादी केन्द्रले प्रदेश १ को इञ्चार्जमा राम कार्कीलाई चयन गरेको छ। प्रदेश १ का इञ्चार्ज गोपाल किरातीलाई कारबाही गरेपछि कार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो। त्यस्तै प्रदेश २ का इञ्चार्ज मातृका यादव मन्त्री बनेपछि उनको स्थानमा विश्वनाथ साहलाई ल्याइएको छ।

    प्रदेश ४ को इञ्चार्जको जिम्मेवारी हित पाण्डेलाई दिइएको छ। प्रदेश ४ को इञ्चार्ज देव गुरुङ पार्टीको संसदीय दलको प्रमुख सचेतक बनेपछि उनको स्थानमा पाण्डेलाई जिम्मेवारी दिइएको हो।

    प्रदेश ५ का इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ उर्जामन्त्री बनेपछि उनलाई इञ्चार्जको जिम्मेवारीबाट हटाएर मणि थापालाई जिम्मेवारी दिइएको पार्टी कार्यालयका सचिव बूढाथोकीले जानकारी दिए।

    त्यस्तै कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको छ। यस प्रदेशका इञ्चार्ज शक्ति बस्नेत पनि मन्त्री बनेका छन्।

    प्रदेश ३ को इञ्चार्जमा हितमान शाक्य र प्रदेश ७ को इञ्चार्जमा लेखराज भट्टलाई भने निरन्तरता दिइएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.