• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की प्रहरीद्धारा मोटरसाईकल र स्कुटर चोरेको आरोपमा १९ पक्राउ

  •      /१२ चैत्र २०७४, सोमबार १३:५४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखराका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर चोरी गरी नम्बर प्लेट परिबर्तन गरेर बेचबिखन गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो समय पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी हुने क्रम बढेको जनगुनासो ब्यापक भएपछि प्रहरीले बाइक तथा स्कुटर चोरीमा संलग्न १९ जनाको समुहको गिरोहलाई नै पक्राउ गरेको हो।
    स्कुटर र मोटरसाईकलहरु चोरी गरी सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा प्रहरीले गण्डकी अञ्चलका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउगरेकोहो।
    प्रहरीले पत्रकार सम्मेलन गर्नु केही समय अगाडी आजै पोखराको नदीपुर स्थित फ्लिमहलको पार्किङमा मोटरसाइकल चोर्दै गरेको अबस्थामा पक्राउ गरेका २ जनालाई समेत सार्वजनीक गरेको थियो।
    प्रहरीका अनुसारा तनहुँको भिमाद गाउँपालिका वडा नं ६ बस्ने दिवस रानाले चोरी गरिएका मोटरसाइकल खरिद गर्ने र वर्कसप संचालक संग मिलेर चोरी गरिएका मोटरसाइकल बेचबिखन गर्ने खुलासा भएको हो ।
    घटनामा संलग्न उनीहरुलाई पक्राउ गरिएपछि गिरोहका अन्य संलग्न ब्याक्तिहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । प्रहरीले सार्वजनिक गरेका मोटरबाईक तथा स्कुटर चोरीमा संग्लन ब्यक्तिहरुमा क्रमश तनहुँ भिमाद गाउपालिका ६ माझकोटका २२ बर्षीय दिबश राना, भिमाद नगरपालिका बागटारका ४० बर्षिय कृत बहादुर नेपाली, बागटारकै १९ बर्षिय अर्जुन नेपाली, भिमाद ४ पिरुङका २२ बर्षिय सुनिल थापा, पिरुङ ७ को बर्ष १९ को सुरज राना, भिमाद ७ राङरुङको बर्ष २२ को रेशम आले रहेका छन्।
    त्यसैगरी स्याङजा हरिनाथ गाउँपालिका ७ चाङसिङका बर्ष २२ को मदन चन्द ठकुरी, पाङमि ७ कोे बर्ष २० को लक्ष्मण परियार,हरिनाश ६ देगाछापका बर्ष २२ को अरुण आले, हरिनाश २ गुरुजाका बर्ष २८ को ओम राना, हरिनाश ४ गिरकोटको बर्ष २० को रेशम आले, हरिनाश ७ चाङसिङका २८ बर्ष डोलराज चन्द्र ठकुरी, ७ चाङसिङकै बर्ष २४ को हिरा सिंह थापा , पोखरा लेखनाथ महानगरपालिका १० रामवजारका बर्ष २० को बिकाश क्षेत्री,रामवजारकै बर्ष १९ को अभिषेक सुनार रहेका छन्। ।
    त्यसैगरी नवलपराीको बुङदिकाली गाउपालिका ३ सिउन बस्ने बर्ष २२ को युवराज रुचाल, वारा जिल्ला इनरुवा नगरपालिका २० गोटवडिवाको बर्ष १७ को उचिर चुरिहार, वारा विरगंज गाउँपालिका १ त्रिवेणीको २२ बर्षिय रामबाच दास र भारत मोतिहारि जिल्ला सिक्ताको बर्ष १७ को संम्शाद आलम रहेकाछन्।
    गिरोहले चोरी गरेका मोटरसाइकल भीमाद देखी गाउँ तर्फ प्रहरीको पहुँच नपुग्ने स्थानमा बेचबिखन गर्ने गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख (एसपी) अशोक सिंहले बताए। ‘पक्राउ परेका ब्याक्तिहरु माथि आवश्यक अनुसन्धान भइरहेको छ’ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.