पोखरा ।प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ÷बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ÷बीमा एक्स्पो आइतबारदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ÷बीमा एक्स्पोको आइतबार विशेष समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले पछिल्लो समय बीमा साक्षरता बढ्दै गएको दावी गरेका छन् ।कार्यक्रममा बोल्दै अध्यक्ष चापागाँईले पोखरामा आयोजना गरिएको बैंकिङ÷बीमा एक्स्पोले वित्तीय सेवा र बीमाको फाइदाबारे सर्वसाधारणको चेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्नेविस्वास व्यक्त गरे । हाल १२ प्रतिशत मात्रै नागरिक बीमाको पहुँचमा रहेको भन्दै उनले सर्वसाधारणलाई बीमा बारे बुझाउन सके सबै नागरिक बीमाको पहुँचमा आउने बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले आर्थिक कारोबार व्यक्तिसँग गर्दा विभिन्न जोखिमहरु हुने भन्दै आर्थिक कारोबार सबै बैंकिङ प्रणाली मार्फत गर्न सर्वसाधारणलाई आग्रह गरे । बैंकिङ कारोबार बारे बुझ्न सके बचत र सुरक्षा दुबै हुने भन्दै कार्यकारी निर्देशक पौडेलले वित्तीय साक्षरताको अभियानले बैंकिङ कारोबारका फाइदाबारे गाउँगाउँमा बुझाउने विस्वास व्यक्त गरे ।
सोमबार सम्म चल्ने एक्स्पोमा २ दर्जन बढी बैंक वित्त तथा बीमा कम्पनीहरुको स्टल राखिएका छन् । एक्स्पोको बैंकिङ पार्टनरमा प्रभु बैंक र गरिमा विकास बैंक रहेका छन् ।
शुभेच्छा न्यूज

Related