• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छानिए

  •      /१४ चैत्र २०७४, बुधबार १३:५० ,  प्रकाशीत
  • पोखरा, १४ चैत । इण्डोनेशियाको जर्कातामा १८ अगस्त देखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगतको प्याराग्लाइडिङ खेलमा भागलिने खेलाडीहरुको पोखरामा छनौट गरिएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा खेलाडी छनौट गरिएको हो ।
    नेपालले एशियाली खेलको प्याराग्लाइडिङ तर्फ बाट दुइ वटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने महासचिव शैलेन्द्र रावतले जानकारी दिए। बुधबार छनौट भएका खेलाडीहरु इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्रीमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । सहभागी भएका २१ खेलाडी मध्ये १० जनाले एशियाली खेलमा सहभागिता जनाउन पाउने छन । बुधबार छनौट भएका खेलाडीहरु टिम एकुरेसी र इन्डिभिजुअल एकुरेसी तर्फ १० र १० जना क्रस कन्ट्रीका गरि २० जना रहेका छन । ति मध्ये दुवै इभेन्टमा उनीहरुको परफरमेन्सका आधारमा अन्तिम १० जना छनौट गरिने महासचिब रावतले बताए ।
    बुधबार टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छनौट भएका छन । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, युबराज सुनुवार, मदन कुमार सुनाुवार, शुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहेका छन ।
    पोखरामा एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट भएकोमा धेरैमा उत्साह छाएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराइले नेपाली प्याराग्लाइडिङ खेलको २० वर्षे इतिहासमा नेपाली शाहसिक खेलले नयाँ मोड लिएको बताए । “हामी निकै उत्साहित छौ” उनले भने–“पर्यटन संगै यो खेल नयाँ सोचका साथ अगाडी बढने र राज्यको चासो समेत यसमा रहने छ,।”
    नेपालको पोखरा, धरान, स्याङ्गजा र सुर्खेतमा ब्यबसायिक हिसाबले प्याराग्लाइडिङ खेल्ने गरिए पनि पोखरा विश्वकै ‘टप टेन’ भित्र पर्दछ ।
    प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानु बाबु सुनुवारले एशियाडमा नेपालको तयारी पदकका लागि हुने बताए । उनले भने– “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।
    पोखरामा ६० भन्दा वढी ब्यवसायीक प्याराग्लाइडिङका कम्पनीहरु रहेका छन भने नेपालमा ५ सय जना खेलाडीहरु आवद्ध रहेको संघका सचिव इन्द्र भण्डारीले बताए । उनका अनुसार ति मध्ये २ सय ५० जना पूर्ण रुपमा ब्यवसायिक नै रहेका छन ।
    एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने भण्डारीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.