• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आर्थिक विकासका लागि सहकारी अभियानलाई संगै अगाडि बढाउनुपर्छ – मुख्यमन्त्री गुरुङ

  •      /१५ चैत्र २०७४, बिहीबार १४:१९ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आर्थिक विकासका लागि सहकारी अभियानलाई संगै अगाडि बढाउनुपर्ने बताएका छन्। निर्माण तथा समृद्धिको आन्दोलनमा सहकारीलाई जोड्नुपर्ने बताउदै उनले न्याय र समानताको सामाजिक वितरणमा सहकारीलाई सैगै लैजान आग्रह गरे।
    मुख्यमन्त्री गुरुङले लक्षहरु प्राप्तिका लागि निजी क्षेत्र र सहकारी मेरुदण्डका रहेको उल्लेख गर्दै सहकारी क्षेत्रले संकलित पुँजीलाई समृद्धिको अभियानमा लगाउन आग्रह गरे।
    प्रदेश नं. ४ मा सहकारी क्षेत्रसंग ६५ अर्व पूँजी रहेको उल्लेख गर्दै उनले संकलित पुँजीलाई कृषि क्षेत्रको उत्पादन र ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे।
    मुख्यमन्त्री गुरुङले सेन्ट्रल को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) को आयोजनामा पोखरामा बिहीबारदेखि सुरु भएको ‘को–अपरेटिभ इन्भेष्टमेन्ट समिट’को उद्घाटन गर्दै यस्तो बताएका हुन्।
    दुुई दिनसम्म चल्ने सम्मेलनमा लगानीको लागि कोप्स मोडल स्थापित गर्ने, बृहत् लगानीको वातावरण बनाउने, देशलाई उत्पादनमार्फत औद्योगिक क्रान्तिको दिशामा अघि बढाउने, विभिन्न प्रोजेक्ट बैंकबारे छलफल तथा निर्णय लिने उद्देश्यसहित उक्त सम्मेलन सुरु भएको हो ।
    मुख्यमन्त्री गुरुङले पर्यटन, कृषि, जलश्रोत र खनिज पदार्थलाई प्रदेशको मुख्य समृद्धिको आधार मानेको बताउदै मुख्यताया पर्यटन, कृषि, जलश्रोतको अधिकतम उपयोग गरेर यस प्रदेशमा समृद्धि हासिल गर्न सकिने दावी गरे। उनले थपे, ‘यसका लागि पूर्वाधारमा बढि जोड दिएका छौं।’
    कृषिको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरण गर्न जरुरी रहेको उनले औंल्याए। ‘त्यसो नगरीकन धान परालेको खेतीबाट मात्र हाम्रो समृद्धि हुन सक्दैन’ उनले भने।
    प्रकृति र संस्कृतिको बरदानका रुपमा प्रदेशलाई पाएको उल्लेख गदै उनले नेपालकै पर्यटन हबको रुपमा प्रदेशलाई विकास गर्न सकिने धारणा राखेका थिए। ‘प्रदेशलाई पर्यटनको विकास मार्फत आर्थिक समृद्धि प्राप्त गर्ने हाम्रो लक्ष छ’ गुरुङले भने। ‘प्रदेशभित्र रहेको जलश्रोतलाई आफ्नै बुँतामा विकास गर्न चाहेका हौ।’
    प्रदेशमा पाँच बर्षभित्र सबै खेतीयोग्य जमिनमा सिंचाई गर्ने लक्ष रहेको बताउदै खेतीयोग्य जमिनमा सिंचाई नगरी उत्पादन बृद्धि हुन नसक्ने उनको भनाई थियो। प्रदेशभित्रका प्रत्येक घरहरुमा दुई बर्ष्भित्र धाराको पानी पु¥याउने प्रदेश सरकारको लक्ष रहेको उनले बताए।
    पाँच बर्ष्भित्र गरिवीलाई घटाएर १० प्रतिशतमा झार्ने लक्ष सरकारको रहेको गुरुङले बताए। प्रदेशको आर्थिक बृद्धिदरलाई पाँच बर्ष्भित्र दश प्रतिशतमा पु¥याउने लक्ष छ,’–मुख्यमन्त्री गुरुङले प्रदेशको महत्वाकाँक्षी योजना सुनाए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.