• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सेन्ट्रल को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटीद्धारा आर्थिक समृद्धीमा सघाउने अठोट सहित ६ अर्बको लगानी प्रतिबद्धता

  •      /१६ चैत्र २०७४, शुक्रबार १५:०५ ,  प्रकाशीत
  • पोखरा, १६ चैत । छरिएर रहेको पूँजीलाई एकिकृतगरी समग्र प्रदेश नंम्वर ४ को आर्थिक बिकास र समृद्धीको निम्ती महत्वपूर्ण योजना संञ्चालन गर्ने उदेस्यले आयोजित ‘को–अपरेटिभ इन्भेष्टमेन्ट समिट’ आठ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
    सेन्ट्रल को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) को आयोजनामा २ दिनसम्म चलेको उक्त सम्मेलनले जारी गरेको घोषणापत्रमा सहकारी साख सूचना केन्द्र, भुक्तानी क्लीयरिङ्ग हाउस, भुक्तानी सेवा, सहकारी विमा संस्थाहरु विशिष्टकरण गर्ने र ६ महिनाभित्र संगठन निर्माण गर्ने निर्णय गरेको संस्थाका महासचिब रामचन्द्र शर्माले जानकारी दिए।
    यस्तै, अन्य ठूला पूर्वाधारयुक्त उद्योगबारे थप अध्ययन गर्ने र विभिन्न निकायसँग छलफल गरी सहकारीहरुको नेतृत्वमा संचालन गर्ने लक्ष्य राखेको कोप्स अध्यक्ष डिल्लीराम बरालले बताए।
    प्रदेश ४ का ११ जिल्लामै छुट्टाछुट्टै लगानी सम्मेलनको आयोजना गर्ने, कोप्स मोडललाई नेपाली समाजको आर्थिक रुपान्तरणको लक्ष्यमा सावित हुने गरी सैद्धान्तिक रुपमा स्वीकार गर्ने, यसलाई थप परिस्कृत गर्दै नमुनाको रुपमा स्थापित गर्ने सम्मेलनको निष्कर्ष छ ।
    यसैगरी, लघु उद्योग, मझौला उद्योग र ठूला उद्योग अविलम्ब सृजना गर्ने घोषणापत्रमा उल्लेख छ ।
    सम्मेलनले सरकारसमक्ष विभिन्न ११ बुँदे ध्यानाकर्षण गराउँदै सहकारी, निजी र अन्य क्षेत्रबाट कुल ६ अर्बको लगगानी प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
    यस्तै ध्यानाकर्षणमा प्रत्येक नागरिकको सहकारीमा लगानी र पहुँचको सुनिश्चित हुनपर्ने, एक व्यक्ति एक सहकारी, सदस्यले व्यवसायको रुपमा लिएको ऋण र व्याज व्यावसायिक खर्च देखाउन पाउने गरी आर्थिक नियमावलीमा व्यवस्था गरिनुपर्ने उल्लेख छ ।
    सहकारीका सदस्य भएर सहकारी अर्थतन्त्रमा योगदान पुराएबापत सदस्यको नाममा प्रोभिजन फन्डको स्थापना गरिनुपर्ने र त्यसमा कुनै किसिमको कर नलाग्ने लोककल्याणकारी आर्थिक नियमावलीको व्यवस्थापन गरिनुपर्ने, सदस्यको लागि अनिवार्य स्वास्थ्य विमा गर्न सोको प्रिमियम संस्थाले विना कर खर्च देखाउने व्यवस्था गरिनुपर्ने, सहकारीले आर्थिक कारोबार गर्ने टोल विकास संस्था र विभिन्न समूह लगायत लघु सामाजिक संस्थालाई आर्थिक कारोबार गर्ने गरि सम्बन्धन दिलाउन विशेष कानुनी व्यवस्था गरिनुपर्ने, पारिवारिक एवं निजी सहकारीको तुरुन्त अन्त्य गरिनुपर्ने जनाएको छ ।
    मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार उक्त बृहत् सहकारी लगानी सम्मेलन उद्घाटन गरेका थिए भने दोस्रो दिनको कार्यक्रमको समापन सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए ।
    समापनको अवसरमा बोल्दै सभामुख नेत्रनाथ अधिकारीले राज्यले गर्नुपर्ने काम कोप्सले गरेकोमा खुसी व्यक्त गर्दै नीति निर्माण गर्नेक्रममा रहँदा आफूहरुले सो अनुकूल हुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    दोस्रो दिनको कार्यक्रममा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा वेस्ट म्यानेज्मेन्टका ध्रुव कुँवरले फोहर मैला व्यवस्थापन र उद्योगको सिर्जना, युनाइटेड क्लबका पूर्व अध्यक्ष एवं प्रस्तावित चिडियाखानाका अध्यक्ष हिमालय बख्रेलले चिडियाखानाको सम्भावना, सांसद राजीव पहारीले पोखरा–पञ्चासे केवलकारबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
    सो सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले टिप्पणी गरे । सांसद रामजी बराल जीवनले समसामयिक नीतिगत विषयमा र युवा संघका अध्यक्ष विष्णु पुनले उत्पादन प्रणालीमा युवाको भूमिका र दायित्वबारे बोलेका थिए ।
    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले रासायनिक मल कारखानाबारे बताउँदैै आफ्नो कुल पुँजीको ३० प्रतिशत उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने उल्लेख गरे । प्रस्तुत कार्यपत्रमाथि सहभागीले समूहगत रुपमा छलफल गरेका थिए ।
    कोप्स अध्यक्ष डिल्लीराम बरालले सम्मेलनले उठाएका विषयलाई आगामी दिनमा सफल पार्न हातोमालो गर्दै अघि बढ्ने बताए । उनले पुँजी संरचना वृद्धि गरी देशलाई उत्पादनमार्फत औद्योगिक दिशामा लैजानुपर्ने विचार व्यक्त गरे ।
    कोप्स महासचिव रामचन्द्र शर्माले संस्थाको सांगठानिक र भावी योजनाबारे बोलेका थिए ।
    सम्मेलनमा प्रदेशका ४ का ११ जिल्लाका विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक र प्रतिनिधिसहित झण्डै एक हजार जनाको सहभागिता थियो ।
    यसैबीच, गोरखाबाट हिमचुली बचत तथा ऋण सहकारी संस्थाका दिलीप देवकोटा र कास्कीबाट सयपत्री बचत तथा ऋण सहकारीका विश्वराज बास्तोलाई मनोनीत गरी १५ सदस्यीय कोप्सको कार्यसमितिलाई पूर्णता दिइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.