• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रिती बुद्धाचार्यले पहिरिईन मिस नेवाको ताज

  •      /१७ चैत्र २०७४, शनिबार १०:४४ ,  प्रकाशीत
  • पोखरा, १७ चैत/नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा पोखरा ११३८ को ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिश्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको बिभिन्न गिफ्ट ह्यामपर हाज पारिनन् ।

    शुक्रबार भएको ग्रान्ड फिनालेमा प्रितीले बेस्ट ट्यालेन्ट र बेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन् । मिस नेवा प्रिती नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता गरिन् । ताज जितेको खुसी साट्दै उनले त्यसको श्रेय आफ्ना बुवाआमालाई दिइन् ।
    फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने । प्रियङ्काले २५ हजार र जेनिफरले १५ हजारसहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् । प्रतियोगितामा बेस्ट पर्सनालिटी रोजिना ताम्राकार, बेस्ट फ्रेन्डली सन्ध्या श्रेष्ठ, बेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते । उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार दिइयो ।

    कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए । अब नेपाल समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘समृद्धिको यात्रामा मिस नेवाका प्रतिश्पर्धीले समेत योगदान गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’

    नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा विजेता १ मात्र बन्ने भए पनि व्यक्तित्व विकास र यसबाट फाइदा सबैले लिन सक्ने बताए । उनले नेवारी युवतीहरुमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ छ । उनले भने, ‘यो सुन्दरी प्रतियोगिता होइन, हाम्रा नानीहरुलाई सक्षम बनाउने मञ्च हो ।’

    मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । प्रतियोगिताका निर्णायकहरुमा डा. इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रात्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र सम्शेरबहादुर नुछे प्रधान थिए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.