• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरालाई खेल पर्यटनसँग जोड्छुः पर्यटन मन्त्री अधिकारी

  •      /१७ चैत्र २०७४, शनिबार १०:२२ ,  प्रकाशीत
  • पोखराः पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पोखरालाई स्पोर्टस् टुरिजमसँग जोड्ने बताएका छन्। प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माणमा मन्त्रालय लाग्ने बताए। ‘खेल र पर्यटनलाई सँगसँगै लैजाने मेरो प्रयास हुनेछ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालयले आवश्यक पहल गर्नेछ।
    उनले मन्त्रालयलाई प्रभावकारी बनाउने चुनौतीहरूको पहिचान गरी सुधारलाई अगाडी बढाउनेतर्फ आफू लाग्ने उनले बताए। पोखराको विमानस्थल सुधार यहाँको एअर ट्राफिकको अस्तब्यस्तताको अवस्थालाई सुधार गरिने उनले प्रतिबद्धता व्यक्त गरे.

    उनले पोखरालाई वैकल्पिक विमानस्थलको रूपमा विकास गर्ने बताए। विमान चल्ने कुरालाई एकैदिन २१ घण्टबाट बढाएर २४ घण्टा पु¥याउने लक्षका साथ काम कारबाही अघि बढेको मन्त्री अधिकारीले बताए। उनले काठमाडौँ नजिकै डोमेष्टिक विमानस्थल सञ्चालन गर्नुपर्ने बताए।

    ‘प्रदेशका एअरपोर्टबाट यहीँ स्टेसन राखेर काम अघि बढाउने कार्य सुरु भएको छ,’ उनले भने, ‘एकसय दिनभित्र यो व्यवस्था पूरा हुनेछ। यहाँ राती जहाज बस्ने व्यवस्था हुनेछ। अन्य ठाउँहरूमा पनि यस्तो व्यवस्था गर्दै छौँ। क्षेत्रीयस्तरबाट जहाज चलाउन सुरु भएपछि त्यसको वरपर पहाडी ठाउँहरूमा जहाज पुग्नेछ। काठमाडौँको एअर ट्राफिकको भीड कम हुनेछ।’

    मन्त्री अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भैरहवा र पोखराको विमानस्थलको कार्य अघि बढेको मन्त्री अधिकारीले बताए।

    ‘धेरै कार्ययोजनाहरु अघि बढाएका छौँ,’ उनले भने, ‘कार्ययोजनाहरु असम्भव छैनन्। सस्तो प्रचारका लागि होइनन्। हाम्रो प्रतिबद्धताहरूलाई सार्वजनिक गर्ने र पूरा गर्ने जिम्मा हाम्रो हो। ती कार्ययोजनाहरु पूरा भए की भएनन् भनेर हेर्ने काम तपाईँहरूको हो।’

    यसैबिच मन्त्री अधिकारीले पोखरा आउने पर्यटकहरूको तथ्याङ्क राख्ने प्रणालीलाई व्यवस्थित गरिने बताएका छन्। उनले पोखरामा कति पर्यटक आउँछन् भन्ने यकिन तथ्याङ्क नभएको बताउँदै तथ्याङ्क प्रणालीलाई सय दिनभित्रै व्यवस्थित गर्ने दाबी गरे।
    पोखरामा आउने पर्यटकको संख्याको तथ्याङ्क प्रदेश सरकारले राख्ने बताउँदै मन्त्री अधिकारीले केन्द्रीय सरकारले यस क्षेत्रमा आउने पर्यटकहरूको रेकर्ड राख्न सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरे।
    मन्त्री अधिकारीले निकट भविष्यमा सातवटै प्रदेशको पर्यटन मन्त्रीहरूसँग पर्यटनको विकास र समृद्धीकोलागि बृहत् छलफल कार्यक्रमको आयोजना गर्ने जानकारी दिए।
    उनले पोखरालाई टुरिजम हब बनाउन अध्ययन भइरहेको बताए। पर्यटकको बसाई लम्ब्याउन आवश्यक पूर्वाधारको छलफल चलिरहेको मन्त्री अधिकारीको भनाई छ। sorce pahilopost .com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.