• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले विदा कटौंती गरेको भन्दै मुख्यमन्त्री गुरुङलले आक्रोश पोखे

  •      /१८ चैत्र २०७४, आईतवार १४:३७ ,  प्रकाशीत
  • पोखरा, ४ चैत्र । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको विदाकटौंती प्रति आक्रोश ब्याक्तगरेका छन्। उनले आदिवासी जनजातिहरुको सांस्कृतिक पर्वमा विदा कटौति गरेको भन्दै त्यसलाई तुरुन्त फिर्ता लिन आग्रह गरेका हुन्।
    तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले आइतबार पोखरामा आयोजना गरेको प्रदेश नामाङकन विचार गोष्ठीमा बोल्दै गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरेका हुन्।
    मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका दिएका कारण देश विकास हुन नसकेको नभई राजनीतिक दलका नेता र भष्ट्र हरुको आचरणले नै मुलुकको बिकास हुन नसकेको बताए। उनले देशका सबै तहमा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडककै बलमा अधिकार स्थापित गर्न खोजे मुलुकमा अस्थिरता निम्तिने बताए।
    गुरुङले प्रदेश नम्वर ४ गुरुङ जातिको अदिम थलो भएको भन्दै सबै जातजाति, समुदायको सहमति र सहकार्यमा प्रदेशको नामाकरण गरिने बताए। प्रदेश नामाकरण गर्न संसदीय समिति बनेको भन्दै संसदको दुई तिहाइले नामाकरण गर्न सक्ने व्यवस्था रहेको भन्दै नामाकरणमा व्यापक छलफल हुनुपर्ने उनको कथन थियो।
    पोखरा सभागृह हलमा आयोजित गोष्ठीमा बोल्दै एमाले सांसद इन्द्रधारा विष्टले समय सापेक्ष प्रदेशको नामाकरण हुनुपर्ने भन्दै संसद समिति संग छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले अधिकार स्थापित गर्न आफैँ भित्र एकता हुनुपर्ने समेत बताए।
    कार्यक्रममा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले सबैको अधिकार सुनिश्चित भए मात्र राष्ट्र बलियो हुने भन्दै सरकार एकात्मक सोँच बाट पछि हट्नुपर्ने बताए। उनले सरकारले गुरुङ समुदायको एक दिने बिदालाई समेत कटौति गरेर एकात्मक साँेच पालेको जिकिर गरे।
    कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद गायत्री दुरा गुरुङले पार्टीले प्रदेशलाई पहिचानका आधारमा नामाङकन गर्न लबिङ्ग गरिरहेको बताइन्।
    त्यसैगरी राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले सबै जातजातिको अधिकार सम्मान हुनुपर्ने भन्दै अधिकार लडेर लिनुपर्ने औल्याईन।
    नयाँ शक्ती पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश ४ लाई गुरुङ जातिको पहिचानका आधारमा तमुवान नामाकरण नगरिए नोट अफ डिसेण्ट लेख्ने धम्की दिए। उनले गुरुङहरुको थतथलो रहेको प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्न आफ्नो पार्टीले पहल गर्ने समेत बताए।
    गोष्ठीमा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जातिय सदभाव बिथोल्न सरकार नै अगाडि बढेको भन्दै सबै धर्म, जातजातिको समान अधिकार हुनुपर्नेमा जोड दिए। उनले सरकारले पछिल्लो समय गरेका निर्णयहरु आदिवास जनजाति माथीको अन्याय भएको भन्दै तत्काल विदा कटौति फिर्ता लिनुपर्ने बताए।
    आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले ऐतिहासिक, राजनितिक आधारमा प्रदेश ४ को नाम तमुवान राख्नुपर्नेमा जोड दिए। उनले विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्वहरुको विदा कटौति गरेर सरकारले विभेदकारी नीति लिएको जिकिर गरे। कार्यक्रममा स्तम्भकार राजेन्द्र महर्जन,आदिवासी जनजाति अगुवा डा. ओम गुरुङ, अर्का स्तम्भकार युग पाठक लगायतले आ¥आफ्ना बिचार राखेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.