• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश ४ का मुख्यमन्त्री गुरुङ फुटवल खेल्ने

  •      /१९ चैत्र २०७४, सोमबार १४:५९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्बीसुब्वा गुरुङ फुटबल खेल्ने भएका छन्। शंयुक्त राष्ट्र संघको आयोजनामा खेलकुदका माध्यमद्वारा विश्वमा शान्ती स्थापना गर्ने उदेस्यले अप्रिल ६ का दिन आयोजित कार्यक्रमलाई प्रदेश ४ मा समेत मनाउने भएपछि मुख्यमन्त्री गुरुङ पनि मैदानमा भिड्ने भएका हुन्।
    प्रदेश सरकारको कप्तानी सम्हालिरहेका प्रदेश ४ का मुख्य मन्त्री गुरुङ प्रदेश जनप्रतिनीधीहरुको समेत फुटबलमा कप्तानी गर्दै पोखरा रंगशलामा उत्रने भएका हुन ।
    मैत्रीपूर्ण प्रतियोगिताको प्रतिद्वन्दीका रुपमा प्रदेशका जनप्रतिनीधीहरुले पूर्व खेलाडीहरुको साझा संस्था भूतपूर्व खेलाडी मंच पाएको छ । जनप्रतिनीधीहरुलाई यो अवसर मंचले नै जुटाएको हो । मंचका अध्यक्ष तेज बहादुर गुरुङले पोखरा रंगशालामा चैत २४ गते शनिबारका दिन प्रदेश जनाप्रतिनीधी र भूतपूर्व खेलाडी मंच नेपालका विच मैत्रीपूर्ण फुटबल आयोजना हुने बताए । यता मंचको तर्फबाट अध्यक्ष तेज गुरुङले कप्तानी सम्हाल्ने मैत्रीपूर्ण फुटबल कार्यक्रमका संयोजक एवम मंचका महासचिव खेम गुरुङले बताए ।

    प्रदेशका तर्फबाट प्रदेश सरकारका मन्त्री, प्रदेश सांसदहरुको सहभागिता रहनेछ भने अर्को तर्फ आफ्नो जिवनकालमा खेलकुदका माध्यमद्वारा राष्ट्रको झण्डा माथी उठाउने पूर्व राष्ट्रिय खेलाडीहरुको जमघट रहने छ । शंयुक्त राष्ट्र संघले हरेक वर्ष शान्ति र समृद्धीका लागि अप्रिल ६ लाई अन्तराष्ट्रिय खेलकुद दिवशका रुपमा मनाउँदै आएको छ । यो कार्यक्रम साता व्यापी रुपमा मनाउने गरिन्छ ।

    यो कार्यक्रमले प्रदेशको खेलकुद बिकासका लागि समेत महत्वपूर्ण रहने मंचका अध्यक्ष गुरुङले बताए । सरकारलाई नजिकबाट खेलकुद बिकासको बोध गराउन पनि कार्यक्रमले भुमिका खेल्ने उनको कथन छ । नेपाल ओलेम्पिक कमिटीका केन्द्रिय सदस्य समेत रहेका गुरुङले प्रदेशलाई खेलकुद पर्यटनको राजधानीको रुपमा बिकास गर्न सहयोगी समेत हुने बताए । सन २०१९ मा हुने १३ औं दक्षिण एशियाली खेलकुदको लागि पूर्वाधार बिकासलाई गति दिन र साग खेलमा पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न मैत्रीपूर्ण फुटबल कार्यक्रमले सन्देश दिन सक्ने अध्यक्ष गुरुङले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.