झूटो विवरण बनाएर नागरिकता बनाउन सहयोग गरेको आरोपमा वडा सदस्य र पूर्व वडा अध्यक्ष पक्राउ
तपाईको प्रतिक्रिया





पोखरा । झुटो विवरण बुझाएर नागरिकता बनाउने सहयोगिको भूमीका खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा–१० का वडा सदस्य सम्मर बहादुर श्रेष्ठ र पूर्व वडा अध्यक्ष मनबीर गुरुङ ढासालाई पक्राउ गरेको छ। उनीहरुले नागरिकता बनाउन झुटो विवरण पेश गर्नेको साक्षी बसेर किर्तेलाई सघाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
किर्ते कार्यमा संलग्न भएको आरोपमा वडासदस्य र पूर्व अध्यक्ष सहित तत्कालीन वडा सचिव नवराज थापा लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अभियुक्तहरुमा मोरङका मिलन परियार, उनकी सासु मनकुमारी पोखरा(१० का वडा सदस्य सम्मर बहादुर श्रेष्ठ ,पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराज थापा, गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङ रहेका छन् ।
उनीहरुलाई घर ज्वाई बसेका मोरंगका मिलन परियारलाई पोखरा(१० बस्ने धनजित परियार र मनकुमारी परियारको छोरा भनी नागरिकता बनाउन सिफारिश गरेको तथा साक्षी बसेको आरोप लगाइएको छ ।
आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै धनजीत परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछी उनीहरु पक्राउ परेका थिए । आफु रोजगारीका क्रममा विदेश रहेका बेला ज्वाइ मिलन र श्रीमती मनकुमारीले २०७० साल पुस १७ गते झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती मनकुमारी र मिलनविरुद्ध उजुरी दिएका थिए ।
उजुरी छानबिनका क्रममा प्रहरीले नागरिकता बनाउन झुटो विवरणमा साँक्षी बसेर सहयोगी बनेको आरोपमा वडाका प्रतिनिधि, सिफारिस बनाउने सचित र किर्तेमा संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार, झुठो विवरणका आधारमा धनजीत र मनकुमारी परियारको छोरा बनेर नागरिकता लिएका ज्वाई मिलन परियारले छोरा सरह अंश मागेपछि धनजित परियारले उनीहरु बिरुद्ध प्रहरीमा उजुरी दिएको थिए । ज्वाँई मिलनले एक दिन रक्सी खाएर ससुरा धनजीतसँग अंश माग गर्दै अंश नदिए उल्टो उजुरी दिने भन्दै धम्काएका थिए।
मोरङ घर भएका मिलनले प्रहरी अनुसन्धानको क्रममा विदेश जान नागरिकता बनाएको स्कारगरेका छन्। उनले घर टाढा भएको कारण पोखराबाट छिटो हुने भनेपछि सासु आमा मनकुमारीले नागरिकता बनाई दिएको स्कारगरेको प्रहरी स्रोतले बताएको छ।
Related