• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भारतीय भूमीमा नेपाली शान,ह्याण्डबल प्रतियोगितामा उत्कृष्ट नतिजा हातपारे महिला टोलीले

  •      /२१ चैत्र २०७४, बुधबार १३:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, २१ चैत । नेपाली महिला ह्याण्डबल टोलीले विदेशी भूमिमा हाल सम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ । मित्र राष्ट्र भारतमा संचालित ५ औं महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा स्वस्प दोश्रो स्थान हात पारेको हो । यो जित अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो समेत हो ।
    भारतको लखनउमा २०१८ मार्च ३१ बाट अर्पिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित ग¥यो भने फाइनलमा भारत संग हार बेहोरेको थियो । राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगालादेशलाई २६–१७, अफगानिस्तान लाई २३–४ र भुटानलाई २८–४ गोल अन्तरले पराजित गरेको थियो । तर फाइनलमा भने नेपाल भारत संग २४–५ गोल अन्तरले पराजित हुँदै दोश्रो स्थानमा चित्त बुझाएको थियो ।

    नेपालका तर्फ बाट उमा राई (टिम कप्तान), बन्दना राई, जिना राई, निशा राई, कबिता राई, शान्ति कला राई, देब कुमारी बास्कोटा, संगिता चौधरी, दुर्गा बोहोरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका थिए भने प्रशिक्षकमा अरुण लाल कर्ण र रमेश सापकोटा थिए ।
    यो जितले नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदमा टिम गेममा पदकको सम्भावना लाई बलियो बनाएको नेपाल ह्याण्डबल संघका सचिव केशब पाठकले बताएका छन । आर्थिक अभावका कारण समयमा प्रशिक्षण हुन नसक्नु र ह्याण्डबलमा नयाँ प्रशिक्षकहरु नियुक्त हुन नसक्नुले पनि ह्याण्डबल खेल माथी उठन नसकेको उनको कथन छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले थोरै मात्रै ध्यान दिएमा नेपालको ह्याण्डबल खेलले दक्षिण एशियालाई उछिन्न सक्ने उनको दावी छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.