पोखरा महानगरभित्र पोल ब्यानर र प्रचार सामाग्री राख्न बन्देज
/२१ चैत्र २०७४, बुधबार १५:४० , प्रकाशीत
पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरपालिकाले सूचना जरी गर्दै सडकमा रहेको बिजुलीका पोलहरुमा कुनै पनि तुल ब्यानर र प्रचार सामाग्र नराख्न आग्रह गरेको छ। शहरकै सुन्दरतामा ह्रास आउने गरी यत्रतन्त्र झुण्डाइदै आएका बिज्ञापान सामाग्री, तुल र ब्यानरका कारण पोखराको सुन्दरतामा बाधक बनेको गुनासो बढेपछि महानगरले प्रतिवन्ध लगाउने तयारी गरेको हो।
चैतको २२ गतेदेखि लागु हुने गरि यो निर्णय गरिएको पोखरा लेखनाथ महानगरपालिका कार्यालयले जनाएको छ । उसले सडकको पोलपोलमा राखिएको प्रचार सामाग्री र सडक वारीपारी हुनेगरी टाँगिएको तुल ब्यानर हटाउन एक हप्ते सूचना जारी गर्ने जनाएको छ ।
विज्ञापनको लागि वार्षिक पैसा बुझाएका दुई कम्पनीको ब्यानर बाहेक अन्यको हटाइने महानगरपालिका कार्यालयले जनाएको छ । करको दायरामा नआई त्यस्ता प्रचार सामाग्री राखेको पाईएमा सम्बन्धित व्यक्ति वा संस्थालाई कारबाहि गरिने चेतावनी समेत कार्यालयले दिएको छ । यद्यपी असार मसान्तपछि भने पैसा बुझाएका भनिएका दुई कम्पनीलाई समेत बिजुलीको पोलमा प्रचार सामाग्री झुण्डाउने र रोड क्रस ब्यानर राख्न नदिने नीति महानगरले लिएको छ ।
‘महानगरका अनुसार एउटा पोलमा ब्यानर वा तुल टाँगेमा १५ हजारसम्म जरिवाना र सार्वजानिक ऐन अन्तर्गत कारवाही हुनेछ ।

Related