• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरभित्र पोलमा ब्यानर र प्रचार सामाग्री राख्न बन्देज

  •      /२१ चैत्र २०७४, बुधबार १६:०८ ,  प्रकाशीत
  • पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरपालिकाले सूचना जरी गर्दै सडकमा रहेको बिजुलीका पोलहरुमा कुनै पनि तुल ब्यानर र प्रचार सामाग्र नराख्न आग्रह गरेको छ। शहरकै सुन्दरतामा ह्रास आउने गरी यत्रतन्त्र झुण्डाइदै आएका बिज्ञापान सामाग्री, तुल र ब्यानरका कारण पोखराको सुन्दरतामा बाधक बनेको गुनासो बढेपछि महानगरले प्रतिवन्ध लगाउने तयारी गरेको हो।

    चैतको २२ गतेदेखि लागु हुने गरि यो निर्णय गरिएको पोखरा लेखनाथ महानगरपालिका कार्यालयले जनाएको छ । उसले सडकको पोलपोलमा राखिएको प्रचार सामाग्री र सडक वारीपारी हुनेगरी टाँगिएको तुल ब्यानर हटाउन एक हप्ते सूचना जारी गर्ने जनाएको छ ।
    विज्ञापनको लागि वार्षिक पैसा बुझाएका दुई कम्पनीको ब्यानर बाहेक अन्यको हटाइने महानगरपालिका कार्यालयले जनाएको छ । करको दायरामा नआई त्यस्ता प्रचार सामाग्री राखेको पाईएमा सम्बन्धित व्यक्ति वा संस्थालाई कारबाहि गरिने चेतावनी समेत कार्यालयले दिएको छ । यद्यपी असार मसान्तपछि भने पैसा बुझाएका भनिएका दुई कम्पनीलाई समेत बिजुलीको पोलमा प्रचार सामाग्री झुण्डाउने र रोड क्रस ब्यानर राख्न नदिने नीति महानगरले लिएको छ ।
    ‘महानगरका अनुसार एउटा पोलमा ब्यानर वा तुल टाँगेमा १५ हजारसम्म जरिवाना र सार्वजानिक ऐन अन्तर्गत कारवाही हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.