उपचारको क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा नारावाजी
/२२ चैत्र २०७४, बिहीबार १३:०० , प्रकाशीत
पोखरा, २२ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारकाक्रम एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने संगिता परियारको छोरा साढे २ बर्षको छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको हो ।
रुघा, खोकी र ज्वरोले च्यापेपछि उनलाई उपचारको लागि स्थास्थ्य विज्ञान प्रतिस्ठान (पश्चिम क्षेत्रिय अस्पताल) मा दुई दिन अगाडी उपचारका लागि लगिएको थियो । चिकित्सकले उनको भेन ओपन गरी उपचार गर्दै आएका थिए। बिहिवार बिहान पनि नियमित झै बच्चालाई ईन्जेक्सन मार्फत औषधि दिईएको थियो।
बिहान करिव ६ बजे इन्जेक्सनबाट औषधि दिईएको थियो। औषधि दिएको करिब २ घण्टापछि बच्चाको स्वास्थ्य अवस्था बिग्रीएको थियो।
बच्चाका आफन्तले डक्टरको लापरबाहिका कारण बच्चाको मृत्यु भएको आरोप लगाउदै अस्पतालमा नाराबाजी गरेका थिए । उनीहरुको नारावाजी संगै अस्पताल परिसर तनाबग्रस्त बनेको थियो।
अस्पतालका निर्देशक डाक्टर अर्जुन अचार्यले अस्पतालमा उपचाररत बच्चाको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आएपछि डिष्चिार्ज गर्ने अवस्थामा अकस्मात स्वास्थ्य बिग्रिएको बताए। ‘एउटा सामान्य एन्टिवायोटिक सहित अन्य एलर्जी नगर्ने औषधि चलाएका थियौ, बिना एलर्जी अकस्मात अवस्था बिग्रियो’ उनले भने।‘बिभागिय इन्चार्जलाई औषधिको सम्वन्धमा बुझ्न लगाएँ,त्यस्तो कमजोरी केही दिखिएन।’

Related