शुभेच्छा न्युज पोखरा । पोखरा लेखनाथ महानरपालिका ७ ईन्द्रपुरी मार्गमा चोरी भएको छ । बिहिवार मध्यान्ध घरमा कोही नभएको मौकाछोपी नगद र गरगहना चोरी भएकोछ।
प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालका अनुसार ईन्द्रपुरी चोकमा रहेको कृष्ण प्रसाद आचार्यको घरवाट बिहिबार ४ ः ३० बजेको समयमा साढे ५ तोला सुन, नगद र सामान चोरी भएको हो । घरमा कोहि नभएको समयमा मेन च्यानल गेटको ताल्चा फोडेर घरभित्र घुसी कोठामा रहेको दराज फोडि सुन, नगद र सामान चोरी भएको प्रहरी उपरीक्षक बस्यालले जानकारी दिए ।
चोरले दराज भित्र राखिएको ढेड तोलाको सुनको हार , १ तोला सुनको तिलहरी, १ तोला सुनको औँठी, १ तोला सुनको मंगलसुत्र, १ तोला सुनको झुमका जोडी गरी साढे ५ तोला सुन चोरी गरी लगेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार नगद रु ४० हजार र एउटा ल्यापटप समेत चोरी भएको छ ।
शुभेच्छा न्युज
पोखरा । पोखरा लेखनाथ महानरपालिका ७ ईन्द्रपुरी मार्गमा चोरी भएको छ । बिहिवार मध्यान्ध घरमा कोही नभएको मौकाछोपी नगद र गरगहना चोरी भएकोछ।

Related